MENU

न्यूजिल्यान्डमा कोरोना संक्रमित संख्या २१ पुग्याे;  देशभर लकडाउन

New Zealand Prime Minister Jacinda Ardern
New Zealand Prime Minister Jacinda Ardern

मंगलबार एक जनामा कोभिड १९ संक्रमण देखिएपछि न्यूजिल्यान्डमा देशभर लकडाउन घोषणा गरिएको छ। बिहिबारसम्म न्यूजिल्यान्डमा कोरोना संक्रमित संख्या २१ पुगेको छ ।

६ महिनापछि न्यूजिल्यान्डको अकल्यान्डमा एक पुरुषमा संक्रमण देखिएको हो। संक्रमण देखिएसँगै अक्ल्यान्डमा एक हप्ता लकडाउन घोषणा गरिएको हो। संक्रमण देखिएको व्यक्ति घुमेको कोरोमन्डेल शहर पनि एक हप्ताका लागि लकडाउनमा रहनेछ।

न्यूजिल्यान्ड सरकारले संक्रमण फैलिनबाट रोक्न भन्दै देशभर ३ दिन लकडाउन घोषणा गर्ने निर्णय समेत गरेको छ।

५८ वर्षीय पुरुषमा गत बिहीबारबाट संक्रमण भएको हुन सक्ने अनुमान अधिकारीहरुले गरेका छन्।

डेल्टा संक्रमण फैलने पछिल्लाे देश न्युजिल्याण्डः प्रधानमन्त्री जेसिन्डा एर्ड्रेन

प्रधानमन्त्री जेसिन्डा एर्ड्रेनले देशमा फैलिएकाे नयाँ केस डेल्टा भेरियन्ट भएकाे पुष्टी गरेकी छन् । आफूहरु यसको लागि पहिला तयार भएको भन्दै सबैलाई स्वास्थ्य मापदण्ड र लकडाउन पालना गर्न आग्रह गरेकी छिन्।

उनले अत्यावश्यक सेवा सुविधाबाहेक अन्य सबै क्षेत्र लकडाउनको समय बन्द हुने बताइन्।  त्यसैले देशमा संक्रमण फैलिन सक्ने  स्थान छनोट गरेर सतर्कता अपनाइएको छ।

न्यूजिल्यान्डमा हालसम्म २० प्रतिशत जनसंख्याले मात्रै कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाएका छन्।