MENU

डब्बो नेप्लिज कम्युनिटी अस्ट्रेलियाको अध्यक्षमा संजीब श्रेष्ठ 

Newly elected executive committee of Dubbo Nepalese Community Australia
Newly elected executive committee of Dubbo Nepalese Community Australia

सिड्नी । अस्ट्रेलियाको स्थायी बसोबास (पीआर) लिने उदेश्यले न्यू साउथ वेल्सलको ग्रामिण शहर डब्बोमा विद्यार्थीहरु बसाईसर्नेक्रम बढेसँगै नेपालीहरुको संख्या बढ्दै गएको छ ।

यसैबीच सो क्षेत्रमा नेपाली समुदायको सहयोगका सक्रिय रहेकोे डब्बो नेप्लिज कम्युनिटी अस्ट्रेलिया (डिएनसीए)को बार्षिक साधारण सभाले संजीव श्रेष्ठको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।

डिएनसीएको उपाध्यक्ष ज्योति कार्की, कोषाध्यक्ष, दीपेन्द्र सापकोटा रहेका छन । भने सदस्यहरुमा शाश्वत न्यौंपाने, स्नेया श्रेष्ठ, कुमार लामा, प्रविन आयार्य, प्रदीप ज्ञवाली, दिपक कंडेल, प्रेम दाहाल र  सुनिल भण्डारी हरेका छन ।

निर्वतमान अध्यक्ष बिकेन्द्र अधिकारीले नेप्लिज अस्ट्रेलियनसँग भने, “डब्बो नेपालीहरुको पहिचानलाई अस्ट्रेलियन तथा बहुसांस्कृतिक समुदायमा चिनाउन डिएनसीए सक्रिय रहेको छ ।” डिएनसीएले नयाँ बिद्यार्थीहरुको बसोवासका लागि सहयोग गर्ने तथा कामको अवसरको वारेमा विद्यार्थीहरुलाई परामर्श दिदै आएको अधिकारीले बताए ।

डिएनसीएले डब्बोका नेपाली दिदीबहिनीहरुका लागि बार्षिक तीज कार्यक्रमको आयोजना गर्दे आएको छ भने गैर आवासीय नेपाली संघ न्यू साउथ वेल्स राज्य समितिसंगको सहकार्यमा आगलागी तथा खडेरी पीडितहरुका लागि सहयोग समेत उपलब्ध गराएको थियो । डिएनसीएका सदस्यहरुले स्थानीय स्तरमा हुने विभिन्न कार्यक्रममा भोलिन्टियर पनि गर्दै आएको छन् ।

डब्बोमा करिवा पाँच सय भन्दा बढी नेपालीहरुको बसोवास छ भने पछिल्लो समय यहाँ अन्य राज्यबाट बसाईसरेर आउनेक्रम बढ्दो छ ।

डब्बो क्षेत्र स्कुल छुट्टीहरुमा भ्रमण गर्नका लागि उत्तम ठाँउ मानिन्छ । अस्ट्रेलियाकै सबै भन्दा ठूलो तारोन्गा चिडियाखाना डब्वोमै रहेको छ ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियाले भिषासम्बन्धी नीतिमा के- के परिवर्तन गर्दैछ ?