MENU

नेप्लिज एसाेसिएसन अफ भिक्टोरियाको अध्यक्षमा राम गुरुङ

Nepalese Australian

Nepalese Association of Victoria President Ram Gurung

मेलबर्न । नेप्लिज एसाेसिएसन अफ भिक्टोरियामा नयाँ नेतृत्व चयन भएको छ । राम गुरुङको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

आइतबार २३ अगस्ट, २०२० निर्बिरोध चुनिएको नव गठीत कार्यसमितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष द्वय प्रेम राज उप्रेती र मनमाया गुरुङ रहेका छन् ।

कोषध्यक्ष एकिन्द्र प्रसाद तिमिल्सिना हुन भने सदस्यहरुमा विदुर शर्मा गिरी, गंगा आचार्य काफ्ले, हेमराज चालिसे, कृष्ण चालिसे र नविन श्रेष्ठ रहेका छन् ।

नव गठीत कार्यसमितिका पदाधिकारीहरुले सेप्टेम्बर १२ मा पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको एसाेसिएसनका बर्तमान अध्यक्ष तारा गैरेले जानकारी दिए ।

लामो समय हङकङमा समाजसेवा गरेका गुरुङ २००७ मा अस्ट्रेलिय आएका थिए । यस अघि उनि कार्यसमिति सदस्य थिए । गुरुङले नेप्लिज अस्ट्रेलियनलाई भने ‘मेरो दुइवर्षे कार्यकालमा समुदायको सेवा गर्नु बाहेक अन्य स्वार्थ छैन।’