MENU

अस्ट्रेलियामा चर्चित नेपाली बेली डान्सर अब फिल्ममा; यस्तो बन्दैछ “पर्पला”

Nikhila Budhathoki debuts in Parpala Nepali film

बिगत पाँच बर्ष देखि अस्ट्रेलियामा बसोबास गर्दै आएकी निखिला बुढाथोकी पेशाले नर्स हुन्। उनि अस्ट्रेलियामा राम्रो बेली डान्सरको रुपमा परिचित छिन्। उनले थुप्रै इभेन्टमा आफ्नो प्रतिभा देखाउनुका साथै आधा दर्जन म्युजिक भिडियोमा समेत काम गरि सकेकी छिन।

अब भने निखिला बुढाथोकी मनोज अधिकारीको लेखन र निर्देशनमा बन्दै गरेको नयाँ नेपाली सिनेमा “पर्पला” मा नायिकाको रुपमा डेब्यु गर्दै छिन्।

निर्देशक मनोजले यस अघी अष्ट्रेलियामा बनेको पहिलो फिल्म ऋतुको निर्देशन गरेका थिए। हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्मित नेपाली फिल्मको सम्पूर्ण छायाँकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।

उनलाई अस्ट्रेलियामा नै निर्माण भएको चलचित्र ‘पर्पला’को कथाले मन छोयो र उनले काम गर्न राजि भइन्,’पर्पला’ अस्ट्रेलियामा भएका थुप्रै बास्तविक घटनाहरुबाट प्रभाबित भएर बनाएको कथा भएकोले पनि उनलाई काम गर्न मन लागेको हो। यो चलचित्र पश्चात हाल उनि अन्य दुई चलचित्रको स्क्रिप्ट पढ्दै छिन्।

आरकेएस अष्ट्रेलिया, ओएमजी इन्टरटेनमेन्ट र ग्रिन हिल्स इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निमार्ण भएको ‘पर्पला’को प्रस्तुतकर्ता भानुप्रताप ढकाल हुन् । जो नेपाली फिल्मका चर्चित कलाकार पनि हुन् ।

चलचित्रमा रबिन्द्र कुमार शर्मा, डम्बर बहादुर रसाइली, छबि अधिकारी, सरोज कुमार वाइबा निर्माता रहेका छन् भने सह निर्मातामा सृजना लुहागुन, सरस्वति गौतम र भिम बहादुर रसाइली रहेका छन्। चलचित्र आरकेस अस्ट्रेलिया, ओएमजी इन्टरटेन्टमेन्ट,ग्रीन हिल्स इन्टरटेन्टमेन्टको संयुक्त ब्यानरमा निर्माण गरिएको छ।

क्यासिमिर डिक्सनको डिओपी रहेको चलचित्रका सम्पादक सुरेन्द्र पौडेल हुन्। चलचित्रमा निखिला बुढाथोकीको साथमा पुकार गौतम, रोजी पन्त, ओल्गा तमरा, योगेश घिमिरे, क्रिष्टिन शेल र प्रेक्षा अधिकारी लगाएतको अभिनय रहेको छ।

छिट्टै चलचित्रको प्रचार सामाग्रीहरु सार्वजनिक गरिने प्रस्तुतकर्ता भानु प्रतापले जानकारी दिए।