MENU

अस्करमा उत्कृष्ट बन्यो चलचित्र नोम्याडल्यान्ड

Nomadland became the best film of the year 2020
Nomadland became the best film of the year 2020

मनोरन्जन उद्योगको सबैभन्दा प्रसिद्ध र प्रतिष्ठित पुरस्कार अस्कर एकेडेमी अवार्डमा यसपटक चलचित्र ‘नोम्याडल्यान्ड’ उत्कृष्ट घोषित भएको छ।

यस्तै अस्करमा ‘द फादर’ चलचित्रका ८३ वर्षका अभिनेता एन्थोनी हपकिन्स उत्कृष्ट ठहरिए भने उत्कृष्ट अभिनेत्रीमा ‘नोम्याड्सल्यान्ड’की फ्रान्सेस मकडोरम्यान्ड चयन भइन्।

कसले पाए अस्कर अवार्ड

१. उत्कृष्ट चलचित्रः नोम्याडल्यान्ड

२. उत्कृष्ट निर्देशकः क्लोइ चाओ, नोम्याडल्यान्ड

३. उत्कृष्ट अभिनेत्रीः फ्रान्सेस मकडोरम्यान्ड, न्योम्याडल्यान्ड

४. उत्कृष्ट अभिनेताः एन्थोनी हपकिन्स, द फादर

५. बेस्ट सपोर्टिङ एक्टरः ड्यानियल कालुया, जुडास एन्ड द ब्ल्याक मेसिया

६. बेस्ट सपोर्टिङ एक्ट्रेसः यु–जुङ युआन, मिनारी

७. एनिमेटेड फिचर फिल्मः सोल

८. बेस्ट डकुमेन्ट्री फिचरः माई अक्टोपर टिचर