MENU

एनआरएनए अस्ट्रेलियाले नेपालका बाढी तथा पहिरो पीडितलाई आर्थिक सहयोग गर्ने

Non Resident Nepali Association Australia NRNA Australia Logo

सिड्नी । गैर आवासीय नेपाली संघ अस्टे«लियाको बोर्ड अफ डाईरेक्टर्सको आकस्मिक बैठकले नेपालको दश जिल्लाका बाढी तथा पहिरो प्रभावितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष केशव कंडेलकोे अध्यक्षतामा सोमबार बसेको बैठकले प्रत्येक जिल्लालाई एक हजार डलरका दरले सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।

प्रकोपको मापदण्ड र गम्भिरताका आधारमा बाग्लुङ, लमजुङ, अछाम र जाजरकोटलाई छनोट गरिसकिएको छ भने बाँकी जिल्लाहरु बोर्डका सदस्यहरुले गरेको सिफारिसको आधारमा छनौट गरिने संघको विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी,आइसीसी ग्लोबल एनआरएनसंगको समन्वयमा अस्टे«लियाले बाग्लुङको ढोरपाटनमा गएको पहिरो प्रभावितलाई प्रदान गर्न तीन हजार डलर सहयोग रकम उठाउने निर्णय गरेको छ ।

एन आर एन अस्ट्रेलियाका प्रवक्ता नन्द गुरुङद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिए अनुसार न्यु साउथ वेल्समा युवा विद्यार्थीहरुको लागि रोजगारी प्राप्त गर्न सहज होस भनेर बरिष्टा तालिम संचालन हुने भएको छ । यो तालिम भबिष्यमा अन्य राज्यहरुमा पनि बिस्तार गरिने बताईएको छ ।