MENU

एन आर एन उपाध्यक्ष पदमा अस्ट्रेलियाका धर्मराज अधिकारीको उम्मेद्वारी


सिड्नी । गैरआवासीय नेपाली संघ ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आगामी निर्वाचनमा आईसीसी उपाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन् ।

 

अष्ट्रेलियाको सिड्नीमा २२अगष्ट विहिवार स्थानिय पत्रकारहरुमाझ अधिकारीले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने इच्चा ब्यक्त गरेका हुन् । पत्रकारहरुमाझ अधिकारीले भने, “ ओसिनिया क्षेत्रीय संयोजक भएर काम गरिरहँदा विश्वभर रहेका साथीभाईले दिनुभएको साथ, सहयोग र उत्साहले मलाई अघि बढ्न प्रेरित गरेको हो ।” पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले भने, “विदेशमा रहेका नेपालीहरुको आवाजलाई देशसम्म र नेपालको सम्बृद्धिको अभियानलाई विदेशमा रहेका एनआरएनसम्म लैजाने अभिभारा बाँकी रहेको ठहर गर्दै उपाध्यक्ष पदमा उम्मेद्वारी दिने आकांक्षा राखेको हुँ  ।” 


 लामो समयदेखि सिड्नीमा बसोबास गर्दै, व्यवसाय गर्दै आएका अधिकारीले चाँडैनै अस्ट्रेलियाबासी नेपाली समुदायहरुमाँझ बृहत अन्तरक्रिया गरेर पाएको सुझावको आधारमा आगामी एन आर एनको चुनावको लगि आफ्नो नीति तथा योजनाहरु सार्वजनिक गर्ने बताए ।


गैरआवासीय नेपाली संघको आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा विश्व सम्मेलन हुँदैछ । यही सम्मेलनले ८० देशभन्दा बढीका प्रतिनिधिहरुको सहभागितामा नयाँ नेतृत्वको चयन गर्नेछ ।

अधिकारीले क्षेत्रीय संयोजक भई सिड्नीमा ओसेनिया क्षेत्रीय बैठक सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । उक्त बैठकमा विश्वभरका एनआरएनहरुको मात्र होइन नेपालबाट कानूनमन्त्री समेत सहभागी भएका थिए । नेपालमा लगानीको अवसर र एनआरएनको सहभागिता विषयमा अन्तरक्रिया समेत गरिएको क्षेत्रीय बैठक सफल बनेको थियो । 

 

क्षेत्रीय संयोजक अधिकारीले कुनै लहडमा आफु उम्मेद्वार बनेको नभई एनआरएएको अन्तराष्ट्रिय अभियानमा अष्ट्रेलियाको उपस्थितिलाई दरिलोसँग प्रस्तुत गर्न अघि बढेको बताए । 


ओसिनिया क्षेत्रमा अस्ट्रेलिया, न्युजील्याण्ड, पपुवान्यिुगिनी र भानुआतु टापुमा एन आर एनको राष्ट्रिय संयोजन समिति गठन भएका छन् ।