सिड्नी । न्यु साउथ वेल्समा कोरोना महाभारीबाट माथि उठ्न खोजिरहेका रेस्टुरेन्ट, क्याफे, अन्य पर्यटन तथा मनोरञ्जन क्षेत्रलाई उकास्ने उद्देश्यले राज्य सरकारले प्रत्येक वयस्क व्यक्तिलाई एक सय डलर प्रदान गर्ने घोषणा गरेको छ ।
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्य सरकारले मंगलबार १७ नोभेम्बरमा बजेट जारी गर्दै ५ सय मिलियन डलर बराबरको प्याकेज घोषणा गरेको छ जुन पर्यटन तथा मनोरञ्जनका लागि खर्च गर्न प्रत्येक वयस्क व्यक्तिलाई एक सय डलरको भौचर प्रदान गरिनेछ ।
यस प्याकेज अन्तर्गत न्यु साउथ वेल्समा बसोवास गर्ने १८ वर्षमाथिका बासिन्दाले २५ डलरको चार वटा भौचर प्राप्त गर्नेछन् ।
जुन रकम विभिन्न खाले सेवामा खर्च गर्न प्रेरित गरिनेछ । १८ वर्षभन्दा मुनीकाले भने यो स्किममा सहभागी हुने छैनन् ।
यो कार्यक्रम डिसेम्वर महिना भरी सञ्चालन हुनेछ । दुई वटा भाउचरलाई रेस्टुरेन्ट, क्याफे, क्लब तथा अन्य खानाका लागि प्रयोग गरिनेछ भने अर्को दुई वटा मनोरञ्जनात्मक कार्यका लागि प्रयोग गरिनेछ ।
सो रकमका लागि सर्भिस एनएसडब्लुको एप्समा गएर निवेदन दिन सकिने छ ।
भौचर शनिबार र आइतबार प्रयोग गर्न पाइने छैन । साथै जुवातास, चुरोट र मदिरा खरिदका लागि पनि यो भौचर प्रयोग गर्न पाइने छैन ।
रियल इस्टेट ब्यवसायमा उदाएका बिभूषण बिष्टको उत्प्रेरक अनुभव (भिडियाे सहित)