MENU

नर्दन टेरिटोरीमा अक्टुवर दशमा दशैं मेला

डार्विन । अस्ट्रेलियाको उत्तरी क्षेत्रमा कोरोना भाइरस संक्रमण नियन्त्रण आएसंगै नेपाली समुदायले दशैको तयारी थालेका छन् ।

नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरीको  आयोजना र राज्य सरकारको  प्रायोजनमा आगामी अक्टुवर  दश तारिख शनिवार डार्विनमा दशैं मेला २०७७ को  आयोजना गरिएको एसोसिएसनका अध्यक्ष युवराज पन्तले जानकारी दिए ।

डार्विनकाे  फिलिपिनो क्लवमा हुने दशैं मेलामा स्थानीय कलाकारको प्रस्तुती, स्वादिष्ट नेपाली खाना, बच्चाहरुका लागि मनोरञ्नात्मक कार्यक्रम र नेपाली कला र  संस्कृति   झल्कने कार्यक्रमहरु हुनेछन् ।

भ्रमणमा रहेका अभिभावक र बच्चाहरुलाई  नि:शुल्क प्रवेश दिईने र एसोसिएसनका सदस्यहरुलाई पाँच, अन्यलाई १५ र  डोरसेल टिकटको २० डलर प्रवेश शुल्क तोकिएको आयोजकले जनाएको छ ।

यसैवीच मेलामा  ह्यन्ड हाइजिन  र  सामाजिक दुरीका नियमहरु भने लागुहुने अध्यक्ष पन्तले नेप्लिज अस्ट्रेलियनलाई बताए । नर्दन टेरिटाेरीमा   मात्र करिव ५ हजार नेपालीहरूकाे बसाेवास रहेकाे अनुमान छ ।