MENU

स्वास्थ्य विभाग भन्छ– ओमिक्रोनको नयाँ भेरियन्ट सुक्ष्म निगरानीमा छ

अस्ट्रेलियाको विभिन्न राज्य र उप–राज्यहरूमा भेटिएको ओमिक्रोन भाइरसको उप–प्रजाति सुक्ष्म निगरानीमा रहेको अस्ट्रेलियाको स्वास्थ्य विभागले बताएको छ ।

अस्ट्रेलियामा ओमिक्रोन भाइरसको उप–प्रजाति भेटिएको संघीय स्वास्थ्य विभागले पुष्टि गरिसकेको छ ।

न्यूज डटकम डट एयूएले उल्लेख गरेअनुसार, एनएसडब्लूमा नयाँ प्रजातिको भाइरस संक्रमणको तीनवटा केश पत्ता लागेको छ भने क्वीन्सल्याण्डमा एउटा केश भेटिएको छ ।

ओमिक्रोनको उपप्रजातिको भाइरसला बीए.२ असाध्यै थोरै संख्यामा रहेको एसीटी स्वास्थ्य प्रवक्ताले बताएका छन् । तर, समुदायमा भने ओमिक्रोन बीए.१ को संक्रमण नै बढी भरहेको उनले बताएका छन् । यो भाइरसले थप संक्रामकतामा भने चिन्ता बढाएको छ ।

अहिलेसम्म ओमिक्रोनको नयाँ प्रजाति विभिन्न ४० देशमा भेटिइसकेको छ । युरोपमा धेरैजसो देशमा यस्तो नयाँ प्रजातिले संक्रामकता बढाएको छ ।

अस्ट्रेलियाको धेरैजसो राज्य र उपराज्यहरूमा परीक्षणका लागि संकलन भएको स्वाबमा ओमिक्रोनको उपप्रजाति भेटिएको स्वास्थ्य विभागका प्रवक्ताले बताएका छन् ।