MENU

सिड्नी लोकल हेल्थ डिस्ट्रिमा १० लाख खोपहरू उपलब्ध; १६-४९ उमेर समुह फाइजर खोप लगाउन योग्य

One million vaccines in Sydney Local Health District

सिड्नी लोकल हेल्थ डिस्ट्रिक (Sydney Local Health District)ले यो हप्ता हाम्रो COVID -19 प्रतिक्रियामा एक प्रमुख उपलब्धि हासिल गरेको छ । हाम्रो खोप केन्द्रहरूको लागि अब १० लाख खोपहरू उपलब्ध गराईएको छ । र सप्ताह अन्तमा खोप लगाउने योग्यता बिस्तारित गरिए सँगै अब हाम्रो समुदायका धेरै नि:शुल्क Pfizer COVID-19 खोप लगाउन योग्य भएका छन्।

१३ स्थानीय सरकार क्षेत्रहरूमा बसोबास गर्ने १६-४९ उमेरका सबैजनाले अब खोप लगाउने मिति (अपोईन्टमेन्ट) लिन सक्ने छन्। यी स्थानीय सरकार क्षेत्रहरूमा Bayside, Blacktown, Burwood, Campbelltown, Canterbury-Bankstown, Cumberland, Fairfield, Georges River, Liverpool, Parramatta, Strathfield, Penrith र Camden पर्छन्।

समुदायलाई जति सक्दो चाँडो खोप लगाउन सजिलो बनाउनको लागि,Sydney Local Health District ले Lakemba, Belmore, Campsie, Flemington को Sydney Markets तथा Burwood मा घुम्ती खोप क्लिनिकहरू स्थापना गरेको छ।

Sydney Local Health District का जनसंख्या प्रबन्धक रने मोरटन (Renee Moreton) ले भन्नु भएकोछ कि COVID -19 बिरूद्धको लडाईमा हाम्रो सबै भन्दा उत्तम हतियार भनेको खोप लगाउनु हो। हामी हाम्रो सम्पुर्ण समुदायलाई खोप लगाउनको लागि सकेसम्म सजिलो बनाउन चाहन्छौं। “सहयोग गर्नेको लागि हामीसँग हाम्रासबै घुम्ती खोप क्लिनिकहरूमा सांस्कृतिक सहयोगीहरू तथा दोभाषेहरू स्थालगत रूपमा उपलब्ध छन्। यदि तपाईं अनलाइन बुकिंग गर्न सक्नु हुन्न भने तपाईंलाई मद्दत गर्न हाम्रा कर्मचारीहरू सो स्थानमा रहने छन् ।” उहाँले भन्नुभयो।

मिति लिन (बुकिंगगर्न) को लागि nsw.gov.au/vacc16-49 मा जानुहोस्।

“खोप लगाउन अगाडि आउनु भएकोमा Sydney Local Health District को टोलीको तर्फबाट हामी हाम्रा जनसमुदायलाई धन्यवाद दिन चाहन्छौं। खोप लगाउने सबै जनाले फरक ल्याउँदै हुनुहुन्छ, यदि तपाईं योग्य हुनुहुन्छ भने, नपर्खनुहोस् ! तपाईंको नि:शुल्क Pfizer खोप लगाउन आजै मिति लिनुहोस्, र तपाईंको परिवार, तपाईंको समुदाय र तपाईंको प्रियजनहरूको सुरक्षा गर्नमा मद्दत गर्नुहोस्,” रने मोरटनले भन्नु भयो।

#एकजुटहुँदाबलियो #strongertogether

सिड्नी लोकल हेल्थ डिस्ट्रिकद्धारा जारी प्रेस विज्ञप्ति, मिति: ३०अगस्त २०२१