MENU

७० प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएपछि आन्तरिक प्रतिबन्धहरु हट्छन्- प्रधानमन्त्री मरिसन

Source AAP

क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना भाइरसको कारण आन्तरिक रुपमा लगाईएको प्रतबन्धहरु हटाउन संघिय सरकार तथा प्रन्तिय सरकारहरु सहमत भएको बताएका छन् ।

शुक्रवार संघिय मन्त्रीपरिषदको बैठक पछि पत्रकारहरु सँग बोल्दै प्रधानमन्त्री मरिसनले ७० प्रतिशत जनसंख्याले दुबै डोज खोप लगाएपछि प्रतिबन्धहरू हटाउन संघिय सरकार तथा प्रन्तिय सरकारहरु सहमत भएको बताएका छन् ।

“७० प्रतिशत जनसङ्ख्याले पूर्ण रूपमा खोप लगाइसकेपछि लकडाउन तथा अस्ट्रेलियाको आन्तरिक सीमामा लागू प्रतिबन्धहरू हट्ने प्रबल सम्भावना रहेको छ । ” प्रधानमन्त्री मरिसनले भने, “८० प्रतिशतले खोप लगाइसकेपछि चाहिँ हामी तेस्रो चरणमा प्रवेश गर्नेछौँ ।”

केही हप्ता अघि अस्ट्रेलिया खुल्ला गर्ने बारे चार चरणको मार्गचित्र घोषणा गरेका प्रधानमन्त्री मरिसनले पूर्णखोप लगाइसकेका अस्ट्रेलियालीहरूलाइ घर फर्कन विशेष ग्राह्यता प्रदान गरिने बताए ।

याे पनि पढ्नुहाेस् ।

जनगणनाको बारेमा तपाईंले के जान्न जरुरी छ?