MENU

जनगणनाको बारेमा तपाईंले के जान्न जरुरी छ?

प्रत्येक पाँच बर्षमा, अस्ट्रेलियाको तथ्याङ्क विभागले अस्ट्रेलियामा रहेका प्रत्येक ब्यक्ति र घर-धुरिको गणना गर्दछ। यसलाई नै जनगणना भनिन्छ। मंगलबार अगष्ट १० को रात अस्ट्रेलिया जनगणना हुँदैछ ।

The Census is happening in August for use in August 10

जनगणना के हो?

प्रत्येक पाँच बर्षमा, अस्ट्रेलियाको तथ्याङ्क विभागले अस्ट्रेलियामा रहेका प्रत्येक ब्यक्ति र घर-धुरिको गणना गर्दछ। यसलाई नै जनगणना भनिन्छ। यसले तपाईंको उमेर जन्मेको देश, धर्म, कुल, घरमा प्रयोग गरिने भाषा, काम र शिक्षाको बारेमा सोध्दछ। अगष्ट १०, २०२१ मा तपाईंको घरमा रहेका सबै ब्यक्तिहरु समावेस हुनुपर्छ, जसमा अन्तराष्ट्रिय आगन्तुकहरु र वालवालिका पनि समावेश हुनुपर्दछ।

तपाईंले जनगणना गर्न किन जरुरी छ?

जनगणनाले हामीलाई अहिले र भबिष्यमा चाहिने कुराहरु थाहा पाउन सहयोग गर्दछ।

जनगणनाबाट प्राप्त जानकारीले सरकारहरू, ब्यवसायहरु र देशभरि रहेका गैर-नाफा मुलक संथाहरुलाई उचित निर्णयहरू लिन सहयोग गर्दछ। यसले समुदायमा रहेका समूहहरूलाई व्यक्ति, परिवार र समुदायहरूको लागि स्थानीय सेवाहरू योजना गर्न पनि मद्दत गर्दछ। उदाहरण को लागी:

  • पुस्तकालयले स्थानिय समुदायमा बोलिन भाषालाई बुझ्नको लागि जनगणनाको तथ्याङ्क प्रयोग गर्दछ ता कि, उनिहरुले ति भाषाका किताबहरु पाठकहरुका लागि भण्डार गर्न सकुन ।
  • सुपरमार्केटहरूले अन्तर्राष्ट्रिय खाद्य पदार्थ सहित आफ्ना ग्राहकहरूको लागि उत्पादनहरू भण्डारण गर्नको लागि जनगणनाको तथ्यांक प्रयोग गर्दछन्।
  • प्रसारणकर्ताहरूले उनीहरूको श्रोतालाई कुन भाषामा रेडियो र संचार सेवाहरू आवश्यक छन् भनेर निर्धारण गर्नको लागि जनगणनाका तथ्याँकहरु प्रयोग गर्दछन्।

जनगणनाका तथ्याङ्कहरु कसरी प्रयोग गरिन्छ भन्ने अरु उदाहरणहरू हेर्नुहोस्।

कसरी तपाइँको जानकारीहरु सुरक्षित राखिन्छ

तपाईंको व्यक्तिगत जानकारी कानुनि रुपमा सुरक्षित हुन्छ। कुनै पनि सरकारी संस्था र व्यक्तिलाई यो जानकारी साझेदारी गरिदैंन। जनगणनामा तपाईंले दिएको जानकारी बाट तपाईं र तपाईंको परिवारको पहिचान गर्न सकिदैन।

जनगणनाका कहिले र कसरी पुरा गर्ने?

तपाईंले यो जनगणना अनलाइन, कागजी आवेदनबाट अथवा हाम्रो सहयोगबाट पुरा गर्न सक्नुहुन्छ। जनगणनाको बेलुकि घरमा हुने ब्यक्तिले निर्देशन पाउने बितिकै शुरु गर्न सक्नुहुन्छ।

  • अधिकांश घरहरूले मेलमा अनलाइन पूरा गर्न निर्देशनहरू प्राप्त गर्दछन्। यो तपाईंको अद्वितीय जनगणना नम्बर र आस्थायी पासवर्ड हुनेछ। जब तपाईंले अगष्ट २०२१ को शुरुमा निर्देशनहरू प्राप्त गर्नुहुन्छ तब census.abs.gov.au मा जानुहोस्। यदि तपाई कागज फारम प्रयोग गर्न चाहनुहुन्छ भने २४ घण्टा स्वचालित कागज फारम अनुरोध सेवा 1800 130 250 मा संपर्क गर्नुहोस्। तपाईलाई तपाईंको जनगणना पत्रबाट १६-अंकको जनगणना नम्बरको आवश्यकता पर्नेछ।
  • केहि परिवारहरूले कागजी आवेदन प्राप्त गर्नेछन्। यो अन्तर्राष्ट्रिय विद्यार्थी र होटलहरू, क्याम्पिंग मैदान वा विद्यार्थी आवासको स्थानहरुमा बस्ने आगन्तुकहरुलाई पनि लागु हुन्छ। आवेदन पूर्ण भएपछि जवाफ फर्काउने खामको प्रयोग गरेर हामीलाई फिर्ता गर्नुहोस्। यदि तपाईं अनलाइन पूरा गर्न चाहनुहुन्छ भने त्यहाँ त्यो भर्ने निर्देशनहरू दिइएका छन्।

जनगणना फारम अंग्रेजीमा मात्र छ। तपाईंले आफ्नो परिवार वा साथीहरूलाई जनगणनाको लागि मद्दत माग्न सक्नुहुन्छ र जनगणनाका लागि खटिएका कार्यकर्ता पनि हुनेछन् जसले तपाईंलाई कसरी फारम भर्ने भनेर सहयोग गर्न सक्दछन्।

जनगणना कसले गर्नु जरुरी छ?

हो, जनगणना अनिवार्य छ।* यसको मतलब अष्ट्रेलियामा कूटनीतिज्ञ र उनीहरूका परिवारहरुले बाहेक अरु सबैले जनगणनाको रात जहाँ पनि भए पनि जनगणना पूरा गर्नु पर्छ। यसले प्रबेश आज्ञा भएका, पर्यटकहरू, अष्ट्रेलियाली विश्वविद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थीहरू जस्ता अन्तर्राष्ट्रिय आगन्तुकहरू सबै सामेल गर्दछ ।

*जनगणना गोपनियता विवरणको लागि census.abs.gov.au/privacy मा जानुहोस्।

मैले सहयोग कहाँ पाउन सक्छु?

यदि तपाईंलाई आफ्नो जनगणना पूरा गर्न मद्दत चाहिएमा त्यहाँ सहयोग पनि उपलब्ध छ।

  • तपाईंको नजिक प्रत्यक्ष सहयोग लागि- census.abs.gov.au/findus मा जानुहोस्।
  • अंग्रेजीमा संबाद गर्नको लागि यो फोन नम्बरमा 1800 512 441 संपर्क गर्नुहोस्।
  • आफ्नो भाषामा सहयोगको लागि, अनुवाद वा दोभाषे सेवालाई (TIS National) 131 450 मा संपर्क गर्नुहोस्।

यो अस्ट्रेलियाको तथ्याङ्क बिभागबाट प्राप्त जानकारी हो । थप जान्न यो लिंकमा जानुहोस् ।