MENU

अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री एन्थनी अल्बानीजले भने: चीनसँगको सम्बन्ध अप्ठ्यारो स्थितिमा

Anthony Norman Albanese is an Australian politician, currently serving as the 31st prime minister of Australia. He has been the leader of the Australian Labor Party since 2019
Anthony Norman Albanese is an Australian politician, currently serving as the 31st prime minister of Australia. He has been the leader of the Australian Labor Party since 2019

अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री एन्थनी अल्बानीजले चीनसँगको सम्बन्ध ‘अप्ठ्यारो स्थितिमा’ रहने बताएका छन् । क्वाड देशको बैठकमा भाग लिन टोकियो प्रस्थान गर्नुअघि उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

क्वाड समूहका शीर्ष नेताहरु अष्ट्रेलिया, भारत, जापान र अमेरिकाको बैठक टोकियोमा हुने भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अल्बानीजले भने, ‘चीन परिवर्तन भएको छ, अष्ट्रेलिया होइन र अष्ट्रेलियाले सधैं आफ्नो मूल्यमान्यताको सम्मान गरेको छ र मेरो अगुवाइको सरकारमा पनि यो जारी रहनेछ ।’

अष्ट्रेलिया र चीनबीच व्यापार, कोरोनाको उत्पति, प्यसिफिक क्षेत्रमा चीनको बढ्दो प्रभाव र क्षेत्रीय सुरक्षा लगायत धेरै विषयमा विवाद हुँदा दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेको छ । लेबर सरकारले अष्ट्रेलिया र चीनबीचमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

अल्बानीज अष्ट्रेलियाको ३१ औं प्रधानमन्त्री बनेका छन् । स्कट मोरिसनलाई हराएर उनी अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री बनेका हुन् ।

याे पनि पढ्नुहाेस् ।

पूर्व प्रधानमन्त्री मोरिसनले लिभरल नेताबाट राजिनामा दिने