MENU

क्विन्सल्याण्डमा ईम्पायर टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

QLD nepalese Cricate Association T20 Cup

ब्रिसबेन । क्विन्सल्याण्डमा रहेका आठवटा क्रिकेट टोलीहरु बीचमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।

क्विन्सल्याण्ड नेप्लिज क्रिकेट एसोसिएसनको आयोजनामा यही सेप्टेम्बर २७ आइतबार देखि छ महिना सम्म चल्ने यो लिगमा क्विन्सल्याण्डमा रहेका सातवटा नेपाली क्रिकेट क्लबहरु सहभागि भएका छन् ।

प्रतियोगितामा एक्सपर्ट नेप्लिज क्रिकेट क्लब, नेप्लिज राइनो, नेप्लिज क्रिकेट क्लब तुअम्बा, ब्राइटन ब्रिसबेन नेप्लिज क्रिकेट क्लब, रोयल गोर्खा, सनसाइनकोस्ट नेपाली क्रिकेट क्लब र हिमालयन टाइगर क्रिकेट क्लब यो प्रतियोगितामा सहभागि भएको आयोजक मध्येका एक अमित लोहनीले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

प्रतियोगिता ब्रिसबेनको डार क्रिकेट मैदान र रिचल्याण्ड क्रिकेट मैदानमा हुनेछ । क्विन्सल्याण्ड क्रिकेटसँगको सहकार्यमा यो प्रतियोगिता हुन लागेको हो ।

ईम्पायर ईन्टरनेसनल एजुकेसन र भिसा सर्भिसेस मुख्य प्रायोजक रहेको यो प्रतियोगितामा पहिलो हुने टोलीले एक हजार नगद र दोस्रो हुनेले पाँच सय डलर नगद पुरस्कार प्रप्त हुनेछ ।

ईम्पायरका कार्यकारी निर्देशक स्वतन्त्र प्रताप शाहले युवा पुस्ताहरुलाई खेलकुद मार्फत एकताबद्ध हुन र समुदायमा घुलमिलहुन मद्दत होस भनेर करिब ६ महिना सम्म चल्ने यो क्रिकेट प्रतियोगितका लागि सहकार्य गरिएको बताए । शाहका अनुसार ईम्पायरले आगामी पाँच बर्षको लागि प्रतियोगिको प्रायोजन गर्ने प्रतिबद्धता जनाएको छ ।

QLD nepalese Cricate Association T20 Cup