MENU

लनचेस्टन नेपाली क्रिकेट क्लवको अध्यक्षमा पुन: रामकुमार श्रेष्ठ निर्वार्चित

तास्मानिया । लनचेस्टन नेपाली क्रिकेट क्लवको अध्यक्षमा पुन: रामकुमार श्रेष्ठ निर्वार्चित भएका छन् । क्लवको हालै सम्पन्न साधारण सभाले श्रेष्ठको नेतृत्वमा  ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लवको उपाध्यक्षमा सुलभ मास्के, सचिव महेश्वर पराजुली, कोषाध्यक्ष विजय उपाध्याय,  पव्लिक रिलेसन अफिसर डा.आनन्द अर्याल, म्यानेजर पोसन कोइराला रहेका छन् । त्यसैगरी सदस्यहरुमा प्रमित खड्का,  गणेश पौंडेल, सुर्य सुवेदी छन् ।

उक्त साधारण सभाले सल्लाहकारहरुमा प्रशान्त खनाल र आदित्य सिंहलाई चयन गरेको छ । अर्याल, सुवेदी, खड्का  र पौंडेल नयाँ अनुहार हुन भने अन्य सदस्यहरु पुरानै कार्यसमितिबाट दोहोरिएको क्लवले जनाएको छ ।

नव निर्वार्चित अध्यक्ष श्रेष्ठले आप्नो एक बर्षै कार्यकालमा क्लवको आप्नै खेलमैदान बनाउन पहल गर्नै र  लनचेस्टनमा बढ्दो नेपालीको आगमन संगै क्रिकेट खेलमा रुचिराख्ने युवाहरुलाई समेटर थप दुईवटा टिम विस्तार गर्नै योजना रहेको श्रेष्ठले नेप्लिज अस्ट्रेलियनलाई बताए ।