MENU

रुपन्देही सामाजिक संजाल–अस्ट्रेलियाद्धारा नयां वर्षको शुभकामना कार्यक्रम आयोजना

Rupandehi Samajik Sanjal-Australian

सिड्नी । रुपन्देही समाजिक संजाल– अस्ट्रेलियाको आयोजनामा नयां वर्ष २०७८ को  शुभकामना कार्यक्रम गत शनिवार १७ अप्रिलमा सम्पन्न भएको छ ।

सिड्नी स्थित टेप्मे पार्कमा आयोजना भएको कार्यक्रममा एन आर एन उपाध्यक्ष मन केसी, ओसिनिया संयोजक होम पाण्डे, ओभरसिज नेप्लिज युनाइटेड फोरमका अध्यक्ष रमेश पाण्डे, एन आर एन अस्ट्रेलिया उपाध्यक्ष देव गुरुङ, प्रवक्त नन्दु गुरुङं, ब्यवसायि दिनेश पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेको संस्थाका अध्यक्ष इश्वर पोखरेलले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

कार्यक्रममा सिड्नी स्थित विभिन्न संघसस्थाका प्रतिनिधि, संस्थाका पुर्व अध्यक्षहरु राज खनाल, कृष्ण गैरे, सल्लाहकार र रुपन्देहीबासीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा संस्थाका महासचिव दिवाकर काफ्लेले संस्थाले विगतको अफ्टेरो परिस्थितीमा गरेका सामाजिक कामहरुको बारेमा प्रकास पारेका थिए ।

संजालले कोभिड १९ को महामारीका समस्यामा परेका नेपाली विद्यार्थीहरुको लागि एन आर एन ए ले गरेको राहत बितरणमा आर्थिक र भौतिक सहयोग गरेको, रक्तदान कार्यक्रम गरेको र रुपन्देही जिल्लाकै एक जना बलात्कृत बालिकालाई एक लाख भन्दा बढी आर्थिक सहयोग गरेको काफ्लेले जानकारी दिए । कार्यक्रममा सांस्कृतिक संयोजक मुक्तीराम पोख्रेलले स्वागत मन्तव्य राखेका थिए ।

बारविक्यु सहित आयोजना गरिएको कार्यक्रममा उपस्थित सबै अतिथिहरुलाई संस्थाका अध्यक्ष इश्वर पोख्रेलले धन्यवाद ज्ञापन गरेका थिए ।

याे पनि पढ्नुहाेस् ।

दब्बोमा भएको बहुसाँस्कृतिक क्रिकेट प्रतियोगिताको उपाधि नेपाली टोलीलाई