MENU

दब्बोमा भएको बहुसाँस्कृतिक क्रिकेट प्रतियोगिताको उपाधि नेपाली टोलीलाई

Dubbo Nepalese Team Stars winner of the ORISCON T-20 cricket tournament 2021
Dubbo Nepalese “Team Stars” winner of the ORISCON T-20 cricket tournament 2021

दब्बो । ओराना रेसिडेन्ट अफ इन्डिएन सब कन्टिनेन्ट हेरिटेज (ओरिस्कन) को आयोजनामा भएको टि- ट्वान्टि क्रिकेट प्रतियोगिताको उपाधि दब्बोको नेपाली टिम स्टार्सले जितेको छ ।

शनिवार १७ अप्रिलमा भएको फाइनल खेलमा दुबै टोलीले बराबर रन बनाएपछि भएको सुपर ओभरमा नेपाली टोलीले इन्डियन च्यालेन्जरलाई पराजित गरेको हो ।

ओरिस्कन टि- ट्वान्टि प्रतियोगिताका प्रमुख बिकेन्द्र अधिकारीका अनुसार यो प्रतियोगितामा दक्षिण एशियाका देशहरु नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाली मुलका खेलाडिहरुको सहभागिता रहेको थियो । अधिकारीका अनुसार यो सिजनमा आठवटा टिमहरु प्रतियोगितामा सहभागि भएका  थिए ।

१३ मार्चदेखि शुरु भएको यो प्रतियोगिता अन्तर्गत जम्मा १५ वटा म्याचहरु शनिवार र आईतबार खेलिएको थियो ।

दब्बो नेपाली समुदायका सल्लहकार तथा पूर्व अध्यक्ष सुनिल थापाका अनुसार नेपाली टिमले पहिलो पटक २०१६ देखि याे प्रतियोगितामा सहभागिता जनाएकाे थियो । नेपाली टिम स्टार्सका क्याप्टेन प्रदिप ज्ञवाली थिए भने टिम म्यानेजर बालचन्द्र श्रेष्ठ रहेका थिए । प्रतियोगितामा बेस्ट बलर राजिब पाण्डे र उच्च रन अभिशेक पौेडेलले गरेका थिए ।

न्यु साउथ वेल्स राज्यको रिजनल क्षेत्र दब्बो र आसपाका क्षेत्रमा नेपाली समुदायको बसोबास निरन्तर बढ्दै छ ।

याे पनि पढ्नुहाेस् ।

एन एस डब्लुमा अस्ट्राजेनिका खोप लगाएकी महिलाको रगत जमेर निधनको भएको आशंका