MENU

१० महिनाकी बालिकाको उपचार सहयोगका लागि सिड्नीमा एकल दौड

सिड्नी । स्पाइनल मस्कुलर एनट्रोपी  नामक रोग सँग लडिरहेकी नेपालकी दश महिने बालिका सियोना श्रेष्ठको सहयोगका लागि सिड्नीमा एक युबाले आइतबार बिहान करिब ५५ किलोमिटर दौड तय गरेका छन् ।

नेपालीहरुको बाक्लो बस्ति रहेको पश्चिम सिड्नीको अबनबाट बिहान ९ बजे दौड सुरु गरेका समिर अर्याल दिउसो साढे १२ बजे पुर्बी सिड्नीको बोंदाई पुगेको थिए भने अर्को साढे तिन घण्टा पछी फेरी अबन फर्कने छन् ।

“यो प्रतिस्पर्धात्मक दौड होइन, मेरो मै संग प्रतिस्पर्धा छ ।” अबनबाट छुट्टिदा समिर अर्यालले नेपलिज अस्ट्रेलियनलाई  भने, “दुइ मिलियम अमेरिकी डलर लाग्छ रे त्यो उपचार गर्न । हरेक बा आमालाई आफ्नो बच्चाको जीवन कति प्रिय हुन्छ, म मेरो पसिनाले उनलाई सहयोग गर्न चाहन्छु ।”

अमेरिकामा मात्रै उपचार हुने भएकाले सियोंनाको परिवारलाई खर्च जुटाउन आर्थिक सहयोग अभियान सुरु गरिएको यहाँको सामाजिक सस्था विनर्स सर्कलका रोशन खतिवडाले बताए । “समिरले ७  घण्टा दौडेर आर्थिक सहयोग गर्न अपिल गर्ने छन्, हामी उनको दौड तथा सहयोग ब्यबस्थापन गर्ने छौ ।” रोशनले भने ।

दौडिनु अघि गैर आवासीय नेपाली संघ न्यु साउथ वेल्स राज्यका सहसचिव तिर्थराज कार्कीले उनलाई नेपाली झन्डा उपहार दिदै भने, “यो एक मानविय सहयोग हो, हामी सबैले सहयोग गरेमा सियोंनाको उपचार सम्भव हुने छ ।”

भैरहवाकि १० महिने बालिका सियोना श्रेष्ठ अहिले बा आमासँग युरोपमा भएको र संसार भरि सहयोगका लागि अपिल गरिरहेको विनर्स सर्कलका रोशन खतिवडाले बताए । यो अभियानमा सहभागी  युबा रुद्र बहादुर पाण्डेले भने, “असल कामको लागि हामी सबै सहभागी हुनु पर्छ । भोलि जो सुकैलाई समस्या पर्न सक्छ ।”

उक्त अभियानका लागि एक सय बिस जना भन्दा बढीबाट ५ हजार अस्ट्रेलियन डलर आर्थिक सहयोग गरेका छन्  । आइतबारको यो दौड पछी सहयोग रकम अझै बढ्ने आयोजकहरुले अपेक्षा गरेका छन् ।

सहयोग निम्न बैंक खातामा जम्मा गर्न सकिन्छ ।

Name: WINNERS CIRCLE MEDIA
BSB: 063-097
ACC: 3540-7392
Ref: Your Name