MENU

सन्दीप लामिछानेले बिग ब्यास लिग होबार्ट हरिकेन्सको टिमबाट खेल्ने

सिड्नी । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले डिसेम्बरदेखि शुरुहुने अस्ट्रेलियाको चर्चित बिग ब्यास लिग होबार्ट हरिकेन्सको टिमबाट खेल्ने भएका छन् । २० बर्षिय सन्दीपले जनवरी देखि हरिकेन्सकाे टिमबाट खेल्ने जनाएका छन् । उनले आफु बिग ब्याशमा फर्कन पाँउदा खुशि भएको प्रतिक्रिया दिएका छन् ।

होबार्ट हरिकेन्सले नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफ्नो टिमबाट खेल्ने बिहीवार आधिकारीक जानकारी दिएको हो ।

सन्दीपले सन् २०१८ मा स्टार्सबाट ८ खेलमा ११ विकेट लिएका थिए भने सन् २०१९ मा १३ खेलमा १५ विकेट लिएका छन् । बिगब्यास सिजन आठमा मेलबर्न स्टारको टिमबाट खेलेका सन्दीपले अस्ट्रेलियामा आफ्नो पहिचान बनाउन सफल भएका थिए ।

यसपटक बिग ब्यास लिग ३ डिसेम्बर २०२० देखि ६ फेब्रुअरी २०२१ सम्म हुने तालिका छ ।