MENU

बीबीसी मास्टरसेफको फाइनलमा ढाकाटोपीमा देखिंदैछन् सन्तोष

मास्टर सेफको किचनमा सेफ पोशाकमा सजिएका सन्तोष साहले नेपाली ढाका टोपी र भादगाउँले टोपी समेत लगाएका छन् ।

Santosh Shah, Nepalese Chef with DhakaTopi in BBC Master Chef Professionals
Santosh Shah, Nepalese Chef with DhakaTopi in BBC Master Chef Professionals

लण्डन । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स्’ को फाइनलसम्म पुगेका नेपाली सेफ सन्तोष साहले यतिबेला देशविदेशमा ठूलो चर्चा कमाइरहेका छन् ।

बीबीसी मास्टर सेफको प्लेटफर्मबाट नेपाली खानालाई संसारभर चिनाएका सन्तोष प्रतियोगिताको फाइनल एपिसोडमा नेपाली टोपीमै देखिने भएका छन् । मास्टर सेफको किचनमा सेफ पोशाकमा सजिएका उनले नेपाली ढाका टोपी र भादगाउँले टोपी समेत लगाएका छन् ।

नेपाली लिंकसंगको संवादमा सन्तोषले मास्टर सेफको प्लेटफर्मलाई आफुले नेपाली खाना र नेपाल चिनाउने अवसरका रुपमा लिएको सुनाए, ‘मेरो लागि यो एउटा प्रतियोगिता मात्र होइन कि मलाई जित्नैपर्छ । विजेता नै बनेछु भने पनि राम्रै भयो । तर त्योभन्दा बढी मलाई हाम्रो देश नेपाल र नेपाली खानालाई संसारका अरु मानिसहरुसम्म चिनाउने चाहना हो । जसलाई मास्टरसेफले केही हदम्म पूरा गरिदिएको महशुस गरेको छु ।’

बुधबार बिहान टोपीसहितको तस्विर सार्वजनिक गर्दै सन्तोषले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसलाई आफ्नो सपना वास्तविकतामा परिणत भएको भनिन्छ-मास्टरसेफमा ढाकाटोपी । मास्टर सेफ प्रोफेसनल्स् २०२० मा मलाई मेरो देशको राष्ट्रिय टोपी लगाउन दिएकोमा बीबीसीलाई धन्यवाद ।’

मास्टर सेफको यात्राका क्रममा संसारभरका नेपालीहरुबाट पाएको साथ र मायाले आफ्नो हौसला अझै बढेको उनी बताउँछन् ।

मास्टरसेफको फाइनल राउण्डमा मंगलबार कोदोको खीर पस्किएका सन्तोषले अघिल्लो राउण्डमा योमरी बनाएर निर्णायकको मन जितेका थिए ।

यसअघि उनले सिस्नो र आलुको तरकारी, बेथेको साग, वन तरुल, भांगको चट्नी, प्याजको अचार, मकैको रोटी लगायतका थुप्रै मौलिक नेपाली परिकारहरु प्रस्तुत गरिसकेका छन् ।

याे पनि पढ्नुहाेस्

अस्ट्रेलियामा नेपालीमा प्रकासित विज्ञापनहरूमा न्यूनतम सरकारी ज्याला भन्दा निकै कम तलब