MENU

साताको साहित्य पुरस्कार गजलकार रोदनलाई

Satako Sahitya Award 2021

सिड्नी । यस वर्षको साताको साहित्य पुरस्कार प्रदीप रोदनको गजललाई प्रदान गरिने निर्णय गरिएको छ।

साताको साहित्य पुरस्कार २०२१ का लागि तीन उत्कृष्ट  रचना एक साता अघि सार्वजनिक गरिएका थिए, जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा शेखर विकल्पको कविता ‘मर्नु अघि’ र जनक कार्कीको कथा ‘घर नं. एक र एक एघार’ छानिएका थिए।

तत्पश्चात्, निर्णायकहरू (महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिब पाण्डे, ऋषि आचार्य र निष्प्रभ सजी)ले बहुमतको आधारमा प्रदीप रोदनको गजललाई चयन गरेका हुन् ।

लेखकले एक समारोहबीच केही साता पछि पुरस्कार स्वरुप नगद रु बीस हजार र ताम्रपत्र प्राप्त गर्ने छन्।

साताको साहित्य पुरस्कारको थालनी दश बर्ष अघिदेखि गरिएको हो। यस अघि मनोज बिश्वकर्मा, सीता तुम्खेवा, नवीन प्यासी, प्रोल्लास सिन्धुलिय, बोनम प्रताप, नवराज पराजुली, मुकुन्द प्रयास, रमेश सायन र रवीन्द्र समीरका रचनाहरु पुरस्कृत भएका थिए ।

याे पनि पढ्नुहाेस् ।

सुदुरपश्चिम समाज अस्ट्रेलियाको अध्यक्षमा लक्ष्मी जोशी चयन