MENU

प्रधानमन्त्री मोरिसनले हिगन्ससँग मागे माफी, संसदमा पढेर सुनाइयो सार्वजनिक माफीपत्र

ब्रिटनी हिगन्स र प्रधानमन्त्री स्कट माेरिसन । तस्वीर- एसवीएस

अस्ट्रेलियामा प्रधानमन्त्री स्कट मोरिसनले ब्रिटनी हिगन्ससँग माफी मागेका छन् ।

ब्रिटनी हिगन्स संसदभित्रै बलात्कारको घटनामा परेको खुलासा भएको थियो ।

हिगन्सको घटना सार्वजनिक भएपछि अस्ट्रेलियाको संसद भित्रको अमानवीय व्यवहार पनि सार्वजनिक भएको थियो ।

अस्ट्रेलियाको संघीय संसदमा विगतमा संसदीय कर्मचारीले भोगेको धम्की र उत्पीडनको घटनामा परेकाहरूप्रति सार्वजनिकरूपमा माफी पनि मागिएको छ ।

धम्की र उत्पीडनको घटनामा परेका संसदीय कर्मचारीहरुप्रतिको माफी पत्र संघीय संसदमा पढेर सुनाइएको थियो ।

प्रतिनिधि सभाका अध्यक्ष एन्ड्य्रु ओलेज र माथिल्लो सिनेटका अध्यक्षले पढेर सुनाएका थिए । उनले संसदले नमूना कार्यस्थलकोरूपमा काम गर्न असफल भएको बताएका थिए ।

धम्की, यौन उत्पीडन र यौनदुव्र्यवहारको अस्वीकार्य घटना संसदीय कार्यस्थलमा भएको उनले बताएका थिए ।

प्रधानमन्त्री स्कट मोरिसनले ब्रिटनी हिगन्ससँग माफी मागेका छन् ।

संसदका प्रतिपक्ष दलका नेताले भने उक्त घटनामा संलग्नलाई तत्काल कारबाहीको माग गरेका छन् ।

कतिपयले भने उक्त घटनामा संलग्नलाई कारबाही गर्नुको सट्टा संसदमा चुनावी स्टण्ट गरिएको भनेर सरकारको आलोचना गरेका छन् ।