MENU

तास्मानियामा भारी वर्षा, हुरीबतास र छाल आउने सक्ने चेतावनी; सामुन्द्रीक तटबाट टाढै रहन आग्रह

Chhatra Shankar
Editor at Nepalese Australian

डेभनपोर्ट। मौसम विभागले तास्मानियाको पूर्वी क्षेत्रका मानिसहरुलाई बुधबार दिउसोबाट भारी वर्षा, हुरीबतास र छाल आउने भन्दै बच्ने उपाय अपनाउन चेतावनी दिएको छ । यो समाचार तयार पार्दा सम्म  राज्यका विभिन्न स्थानमा मुसलधारे वर्षा भईरहेको छ ।

उत्तर—पूर्वी र पूर्वी तटिय क्षेत्रमा भारी वर्षा हुने अनुमान गरिएको छ भने विभिन्न स्थानहरुमा २ सय मिलिमिटर सम्म वर्षा हुन सक्ने बताइएको छ ।

दक्षिण—पूर्वी क्षेत्रमा ४० देखि ७० मिलिमिटर वर्षा हुने तथा त्यस क्षेत्रका कतिपय स्थानमा १ सय मिलिमिटर सम्म बर्षा हुने विभागले जनाएको छ ।

मौसम विभागका मौसम पूर्वानुमानकर्ता अलेक्स मेलिटसीसका अनुसार आउने मौसमको सबैभन्दा चुनौतीपूर्ण पक्ष भनेको बाढी (फ्ल्यास फ्लड) हुनेछ ।

“त्यस्ता खाले वर्षाका कारण हामीले फ्ल्यास फ्लडको अपेक्षा गरिरहेको छौ, खासगरी राज्इको पूर्वी र उत्तर—पूर्वी क्षेत्रमा । आगामी दिनमा साना खोला तथा नदीहरुमा पानीको वहाव र उचाई तीव्र गतीमा बढ्न सक्ने छ,” उनले जनाए ।

मौसम विभागले पूर्वबाट दक्षिण—पश्चिमी क्षेत्रतर्फ बहने एक सय किलोमिटर प्रतिघण्टाको हुरीले क्षती पुर्याउने चेतावनी समेत दिएको छ ।

छालले क्षती पुर्याउने भन्दै मानिसहरुलाई पूर्वी सामुन्द्रीक तटबाट टाढै रहन चेतावनी दिइएको छ ।

यता तास्मानिया सुरक्षा अधिकारीहरुले भने यात्रा गर्नु अघि आवश्यक तयारी गर्न अनुरोध गर्दै हुरीवतासले रुखहरु सडकमा ढल्न सक्ने चेतावनी दिएको छन् ।

यदी तपाँइलाई  आपतकालिन सेवा चाहिएमा निम्न निकायमा  जानकारी गराउनु होला ।

Call SES 132 500 for non-life threatening flood and storm emergency assistance

Call triple zero in an emergency

 Tasmania Police’s website for updated roads information

updated weather warnings on the BOM website