MENU

नेपालको मुख्य सचिवमा बैरागी तथा खतिवडा, रेग्मी र विश्वकर्मा राजदुतमा सिफारिस

काठमाडौं– नेपाल सरकारले मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले, परारष्ट्र सचिव बैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो ।

मुख्य सचिव लोकदर्शन रेग्मीले मुख्य सचिवबाट राजीनामा दिएपछि सरकारले उहाँको राजिनामा स्वीकृत गर्दै उहाँको बैरागीलाई मुख्य सचिवको जिम्मेवारी दिएको हो ।

त्यस्तै सरकारले रेग्मीलाई बेलायतको लागि नेपाली राजदुतका लागि सिफारिस गरेको छ ।

यसैगरी, सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गर्ने निर्णय गरेको छ ।

खतिवडा राष्ट्रिय सभामा पुनर्नियुक्ति नपाएपछि अर्थमन्त्रीबाट राजीनामा दिई प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त हुनुभएको थियो ।

त्यस्तै डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदुतमा नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

सरकारबाट राजदूतमा सिफारिश विश्वकर्मा, खतिवडा र रेग्मीको संसदीय समितिमा सुनुवाईपछि राष्ट्रपतिबाट नियुक्ति हुनेछ ।