MENU

अस्ट्रेलियामा भेडाको ईतिहास; मान्छेको भन्दा भेडाको संख्या दोब्बर

अस्ट्रेलियामा मानिसको जनसंख्या भन्दा भेडाको संख्या दाेब्बर भन्दा बढी रहेको छ । भेडाको संख्या हाल ६३.७ मिलियन रहेको छ भने मानिसहरुको जनसंख्या त्यसको आधा भन्दा कम २५.६ मिलियन रहेको छ ।

सिड्नी । अस्ट्रेलियाको मुख्य शहरी क्षेत्रबाट केही टाढा रहेका चरण क्षेत्रमा भेडा र गाई जस्ता पशुहरु चरिरहेको देख्नु सामान्य हो । करोडौको संख्यामा अस्ट्रेलियामा रहेका भेडा मुख्य गरी मासु र ऊन को लागि पाल्ने गरिन्छ । अस्ट्रेलियामा पहिलो पटक सन् १७८८ फिलिप आर्थर सँगै पानी जहाज चडेर भेडाहरु अस्ट्रेलिया आएका थिए । तर वर्षको अन्त्यसंगै एउटा बाहेक सबै भेडालाई मासुका लागि प्रयोग गरिए वा मरे ।

स्पेनिस मेरिनो जातको भेडाको परिचय गराएको श्रेय क्याप्टेन वाटरहाउस र केन्टलाई जान्छ । सन् १७९६ मा ती दुई जनालाई केप अफ गुड होपमा पशु खरिदका लागि गभर्नर हन्टरले पठाएका थिए । क्याप्टन फिलिप गिडली किंगले आफू इङल्याण्ड फर्कने क्रममा उनीहरुलाई स्पेनिस मेरिनो जातको २६ वटा भेडा किन्न उत्पे्ररित गरे ।

तर, ती मध्ये केही अस्ट्रेलिया फर्कने क्रममा मरे । तर अस्ट्रेलिया आईपुग्दै बाँकी भेडाहरुलाई किन्नका लागि क्याप्टेन म्याकारथरले प्रस्ताव गरेपनि सो प्रस्ताव अस्विकृत भयो । तर पछि केही भेडाहरु म्याकारथर, रेभेरेन्ड मार्सडन र अरुहरुलाई वितरण गरियो ।

अस्ट्रेलियन मेरिनो नाम स्पेनको प्रशिद्ध शाही भेडाहरुसंग मिल्दोजुल्दो भएपनि अस्ट्रेलियन मेरिनो विल्कुलै फरक जातको अस्ट्रेलियाको वातावरणमा पाईने भएको बताइन्छ ।

पहिलो अस्ट्रेलियन प्रजातीको भेडा

सन् १८०४ मा म्याकारथरले ७ वटा ऊन भएको मेरिनो भेडा तथा किंग जर्ज १११ संग एउटा भेडी खरिद गरे । किंग जर्जले स्पेनिससँग भेडाको बदला फ्लेमिस घोडाहरु साटेका थिए ।

 Merino Sheep Australia
मेरिनो जातको भेडा

म्याकारथरले ती भेडाहरुलाई प्रजनन गराएर पहिलो अस्ट्रेलियन प्रजातीको भेडाको विकास गरे । त्यसैगरी, सन् १८५० देखि १८८० को दशकमा युरोप, उत्तर अमेरिका र न्यूजिल्याण्डका प्रजातीहरुलाई मेरिनोसंग प्रजनन गराई थोमस शँ, जर्ज पेपिन तथा अन्य व्यक्तिहरुले विल्कुलै नयाँ प्रजातीको भेडा उत्पादन गरे जुन लामो खालका थिए ।

जसले गर्दा युरोपको मेसिन प्रयोग गरेर ऊनको उत्पादन सुरु भयो भने यसले गर्दा ऊनको कपडा उत्पादन गर्ने उद्योग धराशायी हुन बाट बच्यो । त्यसैगरी, अस्ट्रेलिया ऊनको व्यवसाय गर्ने विश्वकै सबैभन्दा ठूलो र चर्चित देश बन्न पुग्यो ।

ऊन उत्पादमा सफलता

म्याकारथरले सन् १८०७ मै अस्ट्रेलियाको ऊन वेलायतमा निर्यात गरेको बताइन्छ । चार दशकभित्रै अस्ट्रेलिया विश्वकै सबैभन्दा बढी ऊन उत्पादन गर्ने देश बन्यो र यसको उत्पादन युरोपी देश तथा अमेरिकी सम्म पुग्यो ।

भेडाको मासुको निर्यात बजार

कोभिड-१९ को लकडाउनको छुटकारा पाउन लागेको चीनमा भेडाको मासुको माग बढ्दै गएको छ । आगामी दिनमा अनिश्चित रहेको भेडाको मासुको चीनमा हुने निर्यात अस्ट्रेलिया र न्यूजिल्याण्डको लागि महत्वपूर्ण हुनेछ । गत वर्ष भेडाको मासुको निर्यात पाँच प्रतिशतले वृद्धि हुदै २ लाख ८२ हजार टन पुगेको थियो भने चीनमा हुने निर्यातमा ४२ प्रतिशतले वृद्धि हुदै १ लाख ५२ हजार ७ सय टन पुगेको थियो ।

मान्छेको भन्दा भेडाको संख्या बढी

अस्ट्रेलियामा मानिसको जनसंख्या भन्दा भेडाको संख्या बढी रहेको छ । भेडाको संख्या हाल ६३.७ मिलियन रहेको छ भने मानिसहरुको जनसंख्या त्यसको आधाभन्दा कम रहेको छ । भेडाको संख्या मिट एण्ड लाईभस्टक अस्ट्रेलियामाले सन् २०२३ सम्ममा भने १३ प्रतिशतले वृद्धि हुदै ७२ मिलियन पुग्ने आंकलन गरेको छ । तर यसका लागि औषत वर्षा भएर चरण क्षेत्रको वृद्धि हुनु पर्नेछ ।

अस्ट्रेलियाको जनसंख्या

यो शताब्दीभरी अस्ट्रेलियाको जनसंख्या सामान्य रुपमा वृद्धि भइरहने आंकलन गरिएको छ । वर्तमान अवस्थामा अस्टे«लियाको जनसंख्या २५,६३५,६६७ अथवा २५.६ मिलियन रहेको छ र सन् २०९९ सम्म ४२.६८ मिलियन हुने आंकलन गरिएको छ ।