MENU

अष्ट्रेलियाको प्रतिष्ठित सँस्था (IASANA)को सचिबमा नेपाली मूलका शिब बन्जारा निर्वाचित

Shiva Banjara Secretary International Student Advisors Network of Australia (ISANA)
Shiva Banjara, Secretary International Student Advisors Network of Australia (ISANA)

अष्ट्रेलिया स्थित अन्तराष्ट्रिय शिक्षा क्षेत्र र अन्तराष्ट्रिय बिद्यार्थीहरूको बृहत्तर हितमा काम गर्ने पुरानो र शक्तिशाली सँस्था International Student Advisors Network of Australia (ISANA) को न्यू साउथ वेल्स र राजधानी अष्ट्रेलियन क्यापिटल टेरीटोरीको  साधारणा सभा सम्पन्न भएको छ ।

१० नाेभेम्बर बुधवार सेन्ट्रल क्विन्जल्याण्ड युनिभर्सिटि (CQU) सिड्नीमा सम्पन्न साधाराण सभाले नेपाली मूलका शिब बन्जारा सचिब पदमा २ बर्षे कार्यकालको लागि निर्बिरोध निर्वाचित भएका छन् ।

उक्त पदमा निर्बाचित नेपाली मुलका बन्जारा पहिलो नेपाली हुन ।

युनिभर्सल थट कन्सलटका प्रबन्ध निर्देशक बन्जाराले उक्त पदमा रहेर अन्तराष्ट्रिय बिद्यार्थीहरू र शिक्षा क्षेत्रको बृहत्तर हितको लागि महत्वपूर्ण कार्ययोजना सहित कार्यनयन गर्ने घोषणा गरेका छन् ।

यसै गरि अध्यक्षमा युरोपियन मुलकी एनेट काल्काजिन्स्का निर्बाचित भएकी छिन् । उनि सेन्ट्रल क्विन्जल्याण्ड युनिभर्सिटीमा कार्यरत छिन ।