MENU

सङ्क्रमितले झुट बोल्दा साउथ अस्ट्रेलियामा समस्या; तीन दिनमै हट्ने भयो लकडाउन 

South Australian Map
South Australia will be ordered into a major lockdown for six days

एडिलेड । साउथ अस्ट्रेलियाका प्रिमियर स्टेभेन मार्सलले उड भिल्ल पिज्जा बारमा एक सङ्क्रमितले राज्यको कनट्र्याक्ट टेसिङ समूहलाई जानीजानी भ्रममा राखेकोमा आफू निराश भएको बताएका छन् । यता बुधवार मध्यरात देखि राज्यभर लगाइएको  लकडाउन खुकुलो बनाइएको छ । लकडाउन खुकुलो बनाइएसँगै कोभिड नियन्त्रका केही नियमहरू भने सर्वसाधारणले पालना गर्नुपर्ने छ ।

साउथ  अस्ट्रेलियाका तीन जना नयाँ सङ्क्रमित फेला परेका छन् र उनीहरू क्वारेनटाइनमा रहेका छन् । २५ वटा सङ्क्रमित उक्त क्लस्टरसंग जोडिएको छ र उनीहरूसँग सम्पर्कमा आएका ४ हजार ५ सय मानिस अनिवार्य क्वारेनटाइनमा छन् ।

सङ्क्रमितको ढाँट्ने शैली

प्रिमियर मार्सलले भने कि थाहा पाए अनुसार सङ्क्रमित व्यक्तिले ढाटेका थिए । र उनको व्यक्तिगत स्वार्थपूर्ण कार्यले पुरै राज्यलाई नै निकै समस्यामा पारेको उनले बताए ।

“उनको सो कार्यले व्यवसाय, व्यक्ति, परिवारको सदस्यलाई नै असर गरेको छ जुन कार्य स्वीकार्य छैन,” मार्सलले भने । सङ्क्रमित व्यक्तिले कनट्र्याक्ट ट्रेसिङ गर्ने समूहसँग बोल्दै आफू उड भिल्ल पिज्जा बारमा केवल पिज्जा किन्न गएको मात्र बताएका थिए जबकि उनले त्यहाँ कैयौँ चरणमा काम गर्ने गरेको बताइएको छ ।

प्रिमियर मार्सलका अनुसार आपत् कालिन व्यवस्थापन ऐनमा अनुरोध गरेमा मानिसहरूले जानकारी प्रदान गर्नुपर्ने हुन्छ तर झुटो उत्तर दिनेलाई भने कुनै सजायको व्यवस्था छैन ।

प्रहरी आयुक्त ग्रान्ट स्टेभेन्सका अनुसार उनको झुटका कारण ६ दिनको लकडाउन लगाइएको छ । सङ्क्रमितको सम्पर्कमा रहेका नयाँ समूहको ट्रेसिङ  र क्वारेनटाइनको व्यवस्था मिलाउने आवश्यकता हुँदा हुँदै प्रिमियर मार्सलले भने प्रतिवन्धहरु फुकुवा गर्दै जाने जनाएका छन् । जस अनुसार परिवारका सदस्यहरूसँगै शारीरिक अभ्यास गर्न पाउने भएका छन् ।

तर पनि चार मिटरको दूरी कायम गरेर एक सय व्यक्तिका लागि आतिथ्य कार्य आयोजना गर्न सकिनेछ भने टेबल बुकिङ केवल १० जनाका लागि मात्र गर्न सकिनेछ ।

यता भिक्टोरिया र साउथ  अस्ट्रेलियाबीचको सीमा प्रतिबन्ध डिसेम्बर १ तारिखबाट हटाउने तयारी गरिएको छ ।

यथावत रहने प्रतिवन्धहरु

  • दाहसंस्कारमा ५० जना सम्म उपस्थित हुन सक्नेछ भने वैवाहिक कार्यका लागि १ सय ५० जनासम्म उपस्थित भए नृत्य गर्न भने पाइनेछैन ।
  • सांस्कृतिक कार्यक्रममा केवल १ सय जना सम्म तथा निजी रूपमा गरिने जमघटमा ५० जनासम्म मात्र राख्न पाइनेछ ।
  • यता निजी घरमा गरिने जमघटमा भने केवल १० जनासम्मका लागि मात्र अनुमति हुनेछ ।
  • व्यक्तिगत स्याहार प्रदान गर्नेले अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्ने छ भने सेवाग्राहीले पनि मास्क प्रयोग गर्नुपर्नेछ ।
  • जिम, शनिवार मध्यरातबाट खोल्न सकिनेछ भने विद्यालयहरू सोमबार बिहानबाट खोलिनेछ ।