MENU

साउदर्न हाईल्याण्ड नेपाली कम्युनिटीको अध्यक्षमा सन्तोष बडाल निर्वाचित

Southern Highlands Nepali Community

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको  साउदर्न हाईल्याण्ड बासी नेपालीहरुको शनिवार १९ जुनमा भएको पहिलो साधारण सभाबाट सन्तोष बडालको अध्यक्षतामा नयाँ कार्यसमितिको सर्बसम्मत रुपमा चयन भएको छ ।

संस्थाको अन्य पदाधिकारीहरूमा उपाध्यक्ष अर्जुन चौलागाई र कृष्ण प्रसाद सुबेदी, महासचिब रबिन जोशी, सचिव सुजा तामाङ्ग चयन भएका छन भने सदस्यहरूमा उज्वल पोखरेल, प्रेक पराजुली, सुजन्या पिया, ऋतु सापकोटा, संगा रत्न, गोकर्ण पुरी, श्री पराजुली, प्रशान्त भण्डारी, अनिल शाक्य, अमित ढुंगेल, निर्मल लामिछाने, दिपेन्द्र सिंह, अर्जुन लम्साल, बिष्णु पौडेल, मदन कार्की र अनिल ज्ञवाली चयन भएका छन ।

समाजले सल्लाहकारहरूमा तुला नाथ भट्टराईलाई चयन गरेको छ भने परशु राम अधिकारी र पूर्ब अध्यक्ष अरुण गौतमलाई संरक्षकको रूपमा चयन गरेको छ । भेलाले कार्यसमितिको पहिलो बैठकबाट कोशाध्यक्ष र बाँकि सल्लाहकारहरूको चएन गर्ने  समेत निर्णय गरेको छ ।

अधिबेशनको मुख्य अतिथी (एन आर एन ए) अस्ट्रेलियाका उपाध्यक्ष तथा एन आर एन ए एन एस डब्लुका संयोजक देब गुरुङ थिए ।

नेपाली समुदायलाइ अझै बलियो र यहाँ बस्ने नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरुको हितको लागि दिलोज्यानले काम गर्ने योजना रहेको नव निर्वाचित अध्यक्ष सन्तोष बडालले नेप्लिज अस्ट्रेलिएनलाइ बताए । बडालले २०१७-२०१९ को साउदर्न हाईल्याण्ड नेपलि कमिटिमा संस्थापक उपाध्यक्ष भै काम गरेका थिए ।

अधिबेशनमा कोशाध्यक्ष अशोक बस्नेतले संस्थाको आर्थिक विवरण पेस गरेका थिए भने अध्यक्ष अरुण गौतमले आफ्नो कर्यकाल २०१७-१९ मा भएका कार्यक्रमको बारेमा छोटकरीमा जानकारी गराउदै  नयाँ कार्य समितिलाई सफल कर्यकालको सुभकामना दिएका थिए। कार्यक्रम संस्थाका सचिब डिल्ली शर्माले संचालन गरेका थिए । कार्यक्रममा २०१७-१९ को कार्यसमितिमा रही काम गर्नुहुने सबैलाई कर्यकाल सफल पार्न सहयोग गरेकोमा संस्थाको तर्फ़बाट मायाको चिनो पनि प्रदान गरिएको थियो ।