MENU

सेन्टजर्ज नेप्लिज क्लबको अध्यक्षमा पदम जोशी निर्वाचित

St George Nepalese Club
St George Nepalese Club announces a new Executive Committee

सिड्नी । सेन्टजर्ज नेप्लिज क्लबको गएको आईतबार भएको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । खेलकुद मार्फत समुदायमा एकता र भातृत्व फैलाउदै आएको यो क्लबको नयाँ अध्यक्षमा पदम जोशी चयन भएका छन् ।

यस्तै उपाध्यक्ष र जन सम्पर्क अधिकारीमा बिरेन्द्र श्रेष्ठ, महासचिवमा सुमन भट्टराई, सचिव रोशन लामिछाने र कोषाध्यक्ष रजनिश श्रेष्ठ चयन भएका छन् ।

यस्तै क्लबको म्याच डे संयोजक जगत पाइजा, एसेट म्यानेजर प्रितिका श्रेष्ठ, इभेन्ट कोअर्डिनेटर सुकुमाया गुरुङ, महिला संयोजक ईन्द्रा गुरुङ, सोसियल मिडिया संयोजक सुमन भट्टराई र मिलन गिरी, लियाजन अफिसर गोपाल रंतिजा, सबै उमेर समुह खेल म्यानेजर टम थापा, सबै उमेर समुह खेल संयोजक डेभिड कुमाल, भेट्रान समुह म्याजेजर गोपाल रंतिजा र भेट्रान समुह खेल संयोजक नारायण कटुवाल रहेका छन् ।

सिड्नीको दक्षिण सेन्ज जर्ज क्षेत्रमा सक्रिय यो क्लबले खेलकुद मार्फत नेपाली समुदायको सदस्यहरुको सहभागिता र सक्रियता बढाउन नयाँ नयाँ कायक्रमहरू ल्याउने नव निर्वाचित अध्यक्ष पदम जोशीले नेप्लिज अस्ट्रेलियनलाई बताए

क्लबले भेट्रान, युवा र बालबालिका माझमा फुटबलको बिभिन्न प्रतियोगिताहरु गर्दै आएको छ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियाले भिषासम्बन्धी नीतिमा के- के परिवर्तन गर्दैछ ?