MENU

महामारीमा अस्ट्रेलियाको जनसंख्या बढ्यो; आप्रवासीको संख्या घट्दो

Statistics about the population of Australia

सिड्नी । अस्ट्रेलियाको तथ्यांक विभाग (एविएस) ले जारी गरेको तथ्यांक अनुसार अस्ट्रेलियाको जनसंख्या १ दशमलब ४ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२० मार्च ३१ मा भएको आर्थिक वर्षको अन्त्यसम्मकाे तथ्यांक अनुसार  सो जनसंख्या वृद्धि भएको हो ।

तथ्यांक विभागका निर्देशक लाउरेन फर्डका अनुसार वार्षिक रुपमा ३ लाख ५७ हजार जनसंख्या थपिएपछि मार्च ३१ सम्म  अस्ट्रेलियाको जनसंख्या २५ दशमलब ६ मिलियन जनसंख्या पुगेको छ ।

वार्षिक जनसंख्या वृद्धिमा प्राकृतिक वृद्धिले ३८ दशमलब २ प्रतिशत तथा कुल वैदेशिक आप्रवासले ६१ दशलब ८ प्रतिशत हिस्सा ओगटेको तथ्यांक छ ।

वर्षको अन्त्य अर्थात मार्च ३१ सम्म कुल ३ लाख ५ हजार जन्म तथा १ लाख ६८ हजार ५ सय मृत्यु भएको छ । प्राकृतिक जनसंख्या वृद्धि १ लाख ३६ हजार ५ सय रहेको छ जुन गत वर्षको तुलनामा ५ प्रतिशतले कम हो ।

वर्षको अन्त्यसम्म ५ लाख ६४ हजार २ सय वैदेशिक आप्रावासी अस्ट्रेलिया आएको तथा ३ लाख ४३ हजार ७ सय मानिस बाहिर गएको आधारमा कुल आप्रवासीको जनसंख्या २ लाख २० हजार ५ सय रहेको छ ।

तर कुल वैदेशिक आप्रवासीको जनसंख्या अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले कमि आएको छ जसको कारण करिब २० दशलम २ प्रतिशत मानिसले अस्ट्रेलिया छाड्नु हो ।

कोरोना भाइरस महामारीका कारण अस्ट्रेलिया सरकारले मार्च २० तारिखदेखि अन्तर्राष्ट्रिय सिमा बन्द गरेका कारण तथ्यांकमा प्रभाव परेको हो । यात्रामाथिको प्रतिवन्धका कारण आगामी चौथाईमा पनि प्रभाव पार्ने अनुमान गरिएको छ ।