MENU

१३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन सर्वोच्चको परमादेश

Supreme Courtof Nepal reinstates House of Representatives Orders government to summon House session within the next 13 days
Supreme Court of Nepal reinstates House of Representatives Orders government to summon House session within the next 13 days

सर्वोच्च अदालतले प्रतिनिधि सभाको बैठक १३ दिनभित्र बोलाउन परमादेश जारी गरेको छ।

मंगलबार साँझ संसद् विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतले प्रतिनिधि सभाको बैठक १३ दिनभित्र बोलाउन सरकार, सभामुख र राष्ट्रपतिका नाममा परमादेश जारी गरेको हो।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

त्यसक्रममा उनले आगामी वैशाख १७ र २७ गते चुनाव गर्ने गरी मिति घोषणा गरेकी थिइन् ।

प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित विभिन्न १३ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चमा परेका रिटमाथि पुस ८ गतेदेखि सुनुवाइ शुरू भएको थियो ।

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइका क्रममा सर्वोच्च अदालतले एमिकस क्युरीको समेत राय लिएको थियो ।