MENU

सिड्नीमा लकडाउनको समयावधि दुई हप्ता थप; भिक्टोरियामा पाँच दिन लकडाउन

Sydney's Covid-19 Lockdown 2021 final
Sydney Lockdown extended to 30 July 2021

सिड्नी। अष्ट्रेलियाको प्रमुख ब्यापारिक सहर सिड्नी र वरपरका सहरहरूमा लकडाउन थपिएको छ ।

राज्यकी प्रिमीयर ग्लाडिस बेरिजिक्लियनले बिहिवार नियिमत पत्रकार सम्मेलनमा बोल्दै बृहत सिड्नी क्षेत्र भरी थप दुई हप्ता लकडाउन लागु गर्ने पूर्व निर्णय सुनायकी थिइन ।

थप गरिएको समयावधि अनुसार सिड्नीमा आगामी ३० जुलाईसम्म लकडाउन लागु हुनेछ । न्यु साउथ वेल्स राज्यमा बिहीबार राति ८ बजे सम्म थप ९७ जना नयाँ सङ्क्रमित थपिएको विवरण प्राप्त भएसँगै लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको जनाइएको छ ।

“हामीले स्वास्थ्य अवस्थाका बारेमा गम्भीर समिक्षा गरेका छौँ, सङ्क्रमण अझै पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको हो,” स्वास्थ्य मन्त्रालयलद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

लकडाउनमा लागु हुने नियमहरुलाई कडाइका साथ पालना गर्न पनि सरकारी अधिकारी र स्वास्थ्य अधिकारीहरुले सवैलाई आग्रह गरेका छन् ।

लकडाउन थप भएपछि विद्यार्थीहरुको अध्ययन अध्यापन कार्य पनि अझै केही दिन अनलाइनबाट नै हुने भएको छ ।

भिक्टोरियामा पाँच दिन लकडाउन

पटक पटक लकडाउन भोग्दै आएका भिक्टोरियाबासी फेरी पाँचदिन लकडाउनमा परेका छन् । भिक्टोरियामा शुक्रबार थप ६ जनामा सामुदायिक सङ्क्रमण पुष्टि भएको छ ।

फेला परेका सबै केसहरू यस अघि पुष्टि भएका सङ्क्रमितसँग जोडिएको बताइएको हो। ६० लाख भिक्टोरियावासी शुक्रवार देखि पाचौं पटक लकडाउनमा बस्न बाध्य भएका छन् ।

यस पटकको लकडाउन छोटो हुने आशा गरिएको भएतापनि ५ दिनका लागि मात्रै हुने भनेर ग्यारेन्टी भने गर्न नसकिने भिक्टोरियाका प्रिमीयर ड्यानिएल एन्ड्रुज बताएका छन् ।