MENU

डेभनपोर्ट र बर्निमा  तिजको  कार्यक्रम गरिदै

Teej Nepalese Women's Festival celebration in Tasmania

तास्मानिया  ।  नर्थ वेस्ट तास्मानियाका नेपाली समुदायले डेभनपोर्ट र बर्निमा  सेप्टेम्बर पहिलो हप्ता तिजको अवसरमा दिदीवहिनीहरुलाई दर खुवाउने कार्यक्रमको आयोजना गर्नै भएका छन् ।

बर्नि नेप्लिज कम्युनिटीको आयोजनामा  बर्निमा आउँदो सेप्टेम्बर एकमा दर खुवाउने कार्यक्रम राखिएको बर्नि नेप्लिज कम्युनिटीका मुगेन्द्र गौतमले जानकारी दिए । कार्यक्रममा सहभागी हुन प्रति व्याक्ति ४५ डलर शुल्क राखिएको छ भने  विभिन्न सांगितक प्रस्तुतिहरु हुने आयोजकले जनाएको छ ।

कार्यक्रम साउथ बर्निको द मेनाइ होटेलमा मध्यान्ह ३ बजेदेखि राति ११ बजे सम्म सञ्चालन गरिने गौतमले जानकारी दिए ।  नर्थ वेस्टका स्थानीयहरूलाइ बढ्दै गएको नेपाली समुदायको पहिचान गराउन पनि तिज जस्ता  कार्यक्रमले सहयोग पुग्ने  गौतमको भनाई छ ।

डेभनपोर्टमा तिज कार्यक्रम

यसैबिच डेभनपोर्ट नेप्लिज कम्युनिटीले पनि सेप्टेम्बर पाँचमा तिजको  दर  खुवाउने कार्यक्रम राखिएको आयोजक समितिको तर्फबाट सुबास मिश्रले जानकारी दिए । नर्थ वेस्टमा बस्ने सम्पूर्ण  नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी  हुन मिश्रले आग्रह गरेका छन् ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको  कार्यक्रम लट्रोव मेमोरियल हलमा मध्यान्ह २ बजेदेखि साँझ ९ बजे सम्म  रहने कार्यक्रम आयोजक समितिका चेतन कंडेलले जानकारी दिए ।  डेभनपोर्टको तीज कार्यक्रमलाई  सबै तिरबाट चासोका साथ हेरिएको  भन्दै आयोजक समितिका मिश्रले भने  ”एनआरएनए तास्मानिया तथा विभिन्न व्यवसायीहरूले पनि एक्यबद्ता  र सहयोगको प्रतिबद्धता जनाएका छन् ।”

पिआर को सम्भावना खोज्दै पछिल्लो समय नर्थ वेस्ट तास्मानियामा नेपालीहरूको आगमन बढ्दो छ ।

डेभनपोर्टको तिज कार्यक्रम बारे  थप जानकारीका  लागि  यहाँ  सम्पर्क गर्न सक्नुहुने छ ।