MENU

गोर्खा नेप्लिज कम्युनिटीद्धारा जेष्ठ नागरिक सम्मानित

 Celebrate Senior's Week 2021 at Park organised by Gurkha Nepalese Community (GNC)
The Honour event held by Gurkha Nepalese Community (GNC) on the occasion of “Senior’s Week 2021”

सिड्नी । गोर्खा नेप्लिज कम्युनिटी (जि एन सी) ले १५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । अस्ट्रेलियामा १३ अप्रिलदेखि एक हप्ता सम्म चल्ने “सिनियर्स विक” को अवसर परेर यो कार्यक्रम आयोजना गरिएको हो ।

जि एन सीका अध्यक्ष जीतमान लिम्बुले जेष्ठ नागरिकहरुलाई खादा ओढाएर सम्मान गरेका थिए । उक्त कार्यक्रममा जेष्ठ नागरिकहरुलाई मनोरञ्जनका लागि बिभिन्न कार्यक्रमहरु र दिवा भोजको पनि आयोजना गरिएको थियो । जि एन सी अध्यक्ष लिम्बुका अनुसार कार्यक्रममा जेष्ठ नागरिकहरुलाइ स्वास्थ्य र सक्रिय जीवनयापनका लागि ध्यान दिनुपर्नेकुराहरु बारे जानकारी दिएको थियो ।

कार्यक्रममा समुदायका अग्रज डा नारायण प्रधान र भक्त लिम्बुले आ आफ्नो अनुभव सुनाएका थिए । जि एन सीका पूर्व अध्यक्षहरु टंक गुरुङ र राम गुरुङले संस्थाले समुदायमा खेलेको भुमिका र “सिनियर्स डे” को महत्वका बारेमा आफ्नो बिचार राखेका थिए ।

ब्यवसायि तथा समुदायका अगुवा भवानी ओलीले जि एन सी फुटबल लिग मार्फत युवापुस्तालाई रचनात्मक र सृर्जनसिल बनाउन संस्थाले महत्वपूर्ण भुमिका खेलेको बताए । ओली एण्ड एसोसिएटले ब्यवसायिक लक्ष्य भन्दा पनि सामाजिक जिम्मेवारी अन्तर्गत खेलकुद प्रतियोगिताको प्रयोजन बिगत बर्षदेखि निरन्तर गर्दै आएको ओलीले बताए ।

पत्रकार एवं नेप्लिज अस्ट्रेलियन एसोसिएसका महासचिव ऋषि आचार्यले अस्ट्रेलियाको एज केयर प्रणाली र जेष्ठ नागरिको लागि उपलब्ध सेवाहरुको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा एन आर एन अस्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानकी अध्यक्ष शुजाता बस्नेत र सफयर ईस्टेटका निर्देशक विश्वास भट्टराई लगाएत जि एन सीका पदाधिकारीहरु उपस्थित थिए ।

कार्यक्रममा जि एन सी ओली एण्ड एसोसिएत लिग प्रतियोगिता सम्मपन्न गर्न सहयोगि स्वयम सेवीहरुलाई प्रसंसा पत्र वितरण गरिएको थियो ।

संस्थाले बिगत पाँच बर्षदेखि सिनियर्स विकको अवसर कार्यक्रम गर्दै आएको छ ।