MENU

न्हयूको स्वर–संगीत र निरुको शब्दमा ‘पेरिस्कानो’ गीत

The story in this video is based on the novel 'Pariscano'  written by Niru Tripathi.

गत वर्ष प्रकाशित निरु त्रिपाठीद्वारा लिखित ‘पेरिस्कानो’ उपन्यासको वार्षिकत्सवमा उपन्यासमा आधारित गीत रिलिज भएको छ । मैले पढ्ने हरेक कितावको पानामा बोलको गीत उपन्यासकार निरु त्रिपाठीले लेखेकी हुन् भने यसलाई स्वर र संगीत वरिष्ठ संगीतकार न्ह्यू वज्राचार्यले दिएका छन् ।

पेरिस्कानो क्रियसनको प्रस्तुती उक्त म्यूजिक भिडियोलाई मेल्वर्न फोटो प्रोजेक्ट टिमको छायांकन गरेको हो भने कडेँल कन्सल्टेन्सिले सर्पोट गरेको छ ।भिडियोको सम्पादन भने भरत रेग्मीले गरेका हुन् ।

उपन्यासमा उल्लेख अनुसार भिडियोमा पनि मनु र पेरिसबीचको प्रगाढ प्रेम देखाइएको छ । अष्टेलियाबाट सगरमाथा आरोहणीहरुलाई नेपाल लिएर गएको पेरिस २०७२ सालमा नेपालमा गएको विनासकारी भुकम्पले नाम्चेबजारमा नै अड्किन्छ । म्यूजिक भिडियो पनि त्यहीबाट सुरु भएको छ ।

नाम्चेबाट पेरिसले मनुलाई ईमेल लेख्छ छिट्टै मेल्वर्न आउने वाचा गर्छन् तर वाचा पुरा नहुँदै सगरमाथाको नजिक केन्द्रविन्दु बनाएर आएको दोश्रो भुकम्पको झट्काले पेरिस हराउँछ । पाँच वर्ष हुँदा पनि पेरिसको केही खबर नआउँदा भिडियोमा मनु अझै शोकमा रहेको देखाइएको छ । मनु रातमा आफ्नो विगतलाई सम्झँदै घरको गार्डेनमा टहलिरहेकी हुन्छे ।

यसरी विगत र वर्तमानलाई देखाइरहेर अन्त्यमा त्यसबखत टेलिभिजनमा प्रशारण भएको पेरिस हराएको समाचारसँगै म्यूजिक भिडियो सकेको छ ।

भिडियोमा मनुको चरित्र स्वयंम् निरु त्रिपाठीले गरेकी छिन् भने पेरिसको चरित्र मेल्वर्नका रंगमन्चका कलाकार केविन जेम्स प्रिस्टलीले निभाएको छ ।