MENU

तास्मानियाको पश्चिमी तटिय क्षेत्रमा ह्वेलहरु मर्न थाले; उद्धार टोलि परिचालन

ABC News: Edith Bevin
Photo-ABC News: Edith Bevin

होबार्ट । तास्मानियाको पश्चिमी तटिय क्षेत्रमा बगेर आएका ४ सय ५० वटा पाइलट ह्वेललाई बचाउने उदेश्यले एक ठूलो उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

समुन्द्रको छालका कारण बगाइएका मध्ये अनगिन्ती संख्यामा ह्वेलहरुको मृत्यु हुनसक्ने अनुमान गरिएको छ ।

सोमबार सयौको संख्यामा ह्वेलहरु म्याक्वेरी हार्वरको सयौ मिटर दूरीमा फैलिएको बालुवामा फसेको थिए भने हालसम्म करिब २५ वटा ह्वेलहरुको मृत्यु भइसकेको बताइएको छ ।

बाँकी रहेको ह्वेलहरुलाई बचाउन उद्दार टोली त्यसतर्फ प्रस्थान गरेको छ । विज्ञहरुका अनुसार १० वर्षमा पहिलो पटक सो क्षेत्रमा सामुन्द्रीक यात्रा हुदैछ ।

समुन्द्री जीववैज्ञानिक तथा विज्ञान संचारक डाक्टर भेनेसा पिरोटाले जनवारहरु लामो समयसम्म पानी बाहिर रहेका कारण केहीको मृत्यु हुने बताइन् । “दुर्भाग्यवस केही जनावरहरु मर्ने सम्भावना छ किनकी लामो समयदेखि उनीहरु पानीमाथि वा बालुवामाथि फसेका छन्,” पिरोटाले भनिन ।

“निश्चित रुपले कुन जनावर अझै जीवित छन् भन्ने आकंलन गरिने छ तथा मानविय सुरक्षा अपनाएर कुन जनावलाई सहयोग चाहिन्छ भनेर यकिन गरिनेछ,” पिरोटाले थपे ।

समुन्द्री छाल महत्वपूर्ण छ त्यसैले उद्धारकर्ताहरुले जनावरहरुलाई बचाउनका लागि उच्च समुद्री छालहरुलाई पन्छाएरमात्र आफ्नो कार्य सुरु गर्ने बताइएको छ ।

पाँच मिटर लामो तथा सयौ किलो वजन भएका ह्वेलहरुलाई बचाउनका लागि त्यस क्षेत्रमा पानीको मात्र बढी भए उनीहरुलाई बचाउन सकिने अनुमान गरिएको छ ।