MENU

विमानस्थलमा शंकास्पद वस्तु भेटिएको हल्ला मात्रै

The international terminal building of Tribhuvan International Airport Kathmandu, Nepal. 
The international terminal building of Tribhuvan International Airport Kathmandu, Nepal.

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै शंकास्पद वस्तु नभेटिएको विमानस्थलले जनाएको छ।

शंकास्पद वस्तु राखिएको हल्लापछि केही समय बन्द भएको विमानस्थल पुन सुचारू भएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरील सबै स्थानमा जाँच गरिसकेको र शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुरू गरिएको छ।

आज करिब साढे १० बजे विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थलको यात्रु प्रतिक्षालयमा बम रहेको बताएका थिए। त्यसलगत्तै सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै सबै यात्रुलाई बाहिर निकालेर सर्च अपरेसन सुरू गरेको थियो।