MENU

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज

Donald Trump walks out of Walter Reed National Military Medical Center to return to the White House.(AP: Evan Vucci)

एजेन्सी । कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् ।  शुक्रबार वाल्टर रिड मेडिकल सेन्टरमा भर्ना भएका ट्रम्प सोमबार ह्वाइटहाउस फर्किएका हुन् ।

एउटा भिडियो सन्देशमा ट्रम्पले उपचारपछि आफू ठिक अवस्थामा रहेको बताउदै अमेरिकी नागरिकलाई कोरोना भाइरसलाई हावी हुन नदिन आग्रह गरे । उनले गत हप्ता कोरोना लाग्नु तथा उपचारपछि आफूले सो भाइरसको बारेमा धेरै कुरा जानकारी पाएको बताए ।

“एउटा निश्चित कुरा के छ भने कोरोना भाइरसले तपाईमाथि हावी हुन नदिनुहोस,” ट्रम्पले भने । उनले चाडैनै खोप आउने आशा व्यक्त समेत गरे । राष्ट्रपति ट्रम्पले तीन दिन अस्पतालमा विताएका थिए ।