MENU

अमेरिकी राष्ट्रपति निर्वाचनमा कडा प्रतिस्पर्धा; बाइडेन की ट्रम्प ?

अमेरिकी राष्ट्रपति निर्वाचनको आउँदै गरेको नतीजाले बाइडेन र ट्रम्पबीच बीच कडा प्रतिस्पर्धा रहेको देखाउँदछ।

प्रारम्भिक नतिजामा डेमोक्रेटिक उम्मेदवार बाइडेन अघि देखिए पनि पछिल्लो चरणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रामक रुपमा अघि आउने सम्भावना देखिएको छ।

मतगणनाको ताजा परिणाम अनुसार बिडेनले २३८ सिटमा बिजय हासील गरेका छन भने ट्रम्पले २१३ सिटमा जितेका छन् । उम्मेदवारलाई व्हाइट हाउसमा पुग्न २७० सिटमा बिजयहासिल गर्नुपर्ने हुन्छ ।

मुख्य दुई उम्मेदवारले पनि बेग्लाबेग्लै प्रतिक्रिया व्यक्त गरेका छन्।

धाँधलीको प्रयास : ट्रम्प

ट्रम्पले डेमोक्रेटमाथि चुनावमा आफ्नो पक्षमा पार्न ‘धाँधलीको प्रयास गरेको’ आरोप लगाएका छन्।

उनले आफूहरु ठूलो जितको मार्गमा रहेको बताउँदै डेमोक्रेटहरुले चुनाव ‘स्टील’ गर्न चाहेको आरोप लगाएका छन्।

उनले ट्विटरमा भनेका छन्, ‘हामी ठूलो उचाईको मार्गमा छौँ, तर उनीहरुले यो चुनावमा स्टील गर्न प्रयास गरिरहेका छन् । हामी त्यस्तो हुन दिने छैनौँ। मतदानस्थलहरु बन्द भएपछि मत खसालिनु हुँदैन।’

ट्रम्पले यस्तो बताए पनि मतदान स्थल बन्द भएपछि कसैले मत खसालेको प्रमाण छैन। अहिलेसम्म बाइडेनको अग्रता रहे पनि यसै भन्न सकिने अवस्था नरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

विश्वस्त छुः बाइडेन

गृह राज्य डेलवरमा समर्थकलाई सम्बोधन गर्दै पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले चुनाव जित्ने मार्गमा आफूहरु रहेको विश्वास व्यक्त गरेका छन्। ‘हामीलाई थाहा थियो कि यो प्रक्रिया लामो हुनेछ । तर हामी राम्रो महसुस गरिरहेका छौँ । उनले समर्थकहरूलाई भनेका छन कि “हरेक मतगणना पुरा नभएसम्म चुनाव सम्पन्न हुँदैन” र उनीहरु जोड दिन्छन् “हामी जीतको बाटोमा छौं।”

डोनाल्ड ट्रम्प फेरि राष्ट्रपति पदको चुनाव जित्ने प्रयास गरिरहेका छन् । यदी उनले चुनाव हारे भने जर्ज बुशको इतिहास दोहोर्‍याउने छन् । किनकी बुशले सन् १९९२ मा दोस्रो कार्यकालका लागि राष्ट्रपति पदको उम्मेदवारमा हारवेहोर्नुपरेको थियो ।