MENU

भिक्टोरिया र न्यू साउथ वेल्स राज्यका सिमाना बुधबारबाट बन्द हुँदै

मेलबर्न ।  कोरोना भाइरस संक्रमण सुरु भएयता हालसम्मकै ठुलो संख्यामा संक्रमित थपिएपछि भिक्टोरिया राज्यले न्यू साउथ वेल्ससंगको सिमाना बुधबारबाट बन्द गर्ने घोषणा गरेको छ ।

भिक्टोरिया राज्यका प्रमुख डेनियल एन्ड्रयूजले न्यू साउथ वेल्सका प्रमुख ग्लाडिस बेरेजिक्लीयन र प्रधानमन्त्री स्कट मरिसनसंगको छलफल पछि यो निर्णय लिइएको बताए ।

भिक्टोरियामा पछिल्लो पटक १ सय २७ नयाँ संक्रमित फेला परेको तथा भिक्टोरियाको अस्पतालमा एक वृद्धको मृत्यु भएपछि यो निर्णय लिइएको एन्ड्रयूजले जानकारी गराएका हुन् ।

प्रमुख स्वास्थ्य अधिकृतले सार्वजनिक आवासमा बसिरहेकासंग सम्बन्धित ५३ जना संक्रमित रहेको जानकारी गराएका छन् ।सिमानाका बन्द गरिएपनि यात्राका लागि अनुमति प्रणाली लागू गरिने बताइएको छ ।