MENU

अग्नि नियन्त्रणमा ज्यान गुमाउने स्वयम्सेवक परिवारलाई अस्ट्रेलियामा बिशेष सम्मान

क्यानबेरा/ अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अग्नि नियन्त्रणमा खटेर ज्यान गुमाउने स्वयम्सेवकका परिवारलाइ राजधानी क्यानबेरामा सम्मान गरेका छन् ।

 

मंगलबार अस्ट्रेलियाको संसदमा आयोजित बिसेष शोक सभामा लामो तथा भाबुक मन्तब्य दिदै उनले यो बर्षको आगलागीको मौसमलाइ “कालो समर”को संज्ञा दिएका छन्  ।

 

उनले कालो समरमा अस्ट्रेलियाले आगलागीबाट ३३ जना होनहार सन्तति गुमाएको र झन्डै ३ हजार घरहरु गुमाएको बताएका छन् ।

प्रधानमन्त्रि मरिसनले आफ्नो शोक मन्तब्यमा अस्ट्रेलियाले व्यहोरिरहेको दुखद घडीमा ७० देशले सहयोगको बचन दिएको र बिभिन्न देशका तिन सय अग्नि नियन्त्रकहरु अस्ट्रेलियामा आएर सहयोग गरिरहेकोमा सबै सहयोगी देश हरु तथा स्वोयाम्सेवकहरुलाई धन्यबाद पनि दिएका छन् ।

 

उनले अस्ट्रेलियाका ६ हजार ५ सय सैनिकहरु र तीनहजार स्वोयम्सेवक हरु दिन रात आगो बिरुद्द लडिरहेका बताएका छन् । “आगोले हाम्रा पहाडहरुको उचाई छोएको छ र समुद्री किनाराहरुको लम्बाई पार गरेको छ ,तर हाम्रा पच्चीस मिलियेंन जनताको हामीलाई साथ् छ ।” – प्रधान मन्त्रि मरिसन ले संसद्को बिसेष समारोहमा भने – हाम्रा जनताको जीवन र सम्पत्ति जोगाउदै गर्दा ज्यान गुमाउनेका आदरणीय परिवार हरु आज यहाँ हुनुहुन्छ , उहाहरु सबै प्रति हाम्रो उच्च सम्मान छ ।

Picture: Daily Telegraph/ Nathan Edwards

उनले आगो नियन्त्रणको काम सकिए पछी अस्ट्रेलियाले संकटकालीन अबस्थामा जोखिमपूर्ण काम गर्ने हरुलाई दियिने बिसेष पदक कानूनमा संशोधन गरेर यो बर्षको अग्नि नियन्त्रणमा जीवन गुमाउने सबै बास्तबिक नायकहरुलाई मरणोपरान्त पदक दियिने बताए  ।

 

उनले डढेलोमा खटेका स्वोयाम्सेवकहरुका लागि आर्थिक सहयोग गर्ने सबै जनता , साना र ठुला ब्यबसायी , स्कुले नानीहरु , सामाजिक सस्थाहरु , च्यारिटी सस्थाहरु सबैलाई बिसेष धन्यबाद दिएका छन् ।