MENU

अस्ट्रेलियामा अनलाइनबाटै नेपाली भाषा पढाइ “बालबालिका खुशी अबिभावक ढुक्क”

Nepali language class delivered via online Photo: Sabdamala Nepalese Language School

ऋषि आचार्य

सिड्नी । अस्ट्रेलियामा जन्मेहुर्केका सात बर्षिय मेयोन शाह र पाँच बर्षिय मायरा शाह अंग्रेजी र नेपाली दुबै भाषा प्रष्ट बोल्न सक्छन् ।

शब्दमालाले सिड्नीको दक्षिण काल्टन पब्लिक स्कुलमा संचालन गर्दै आएको आईतवारे भाषा कक्षका उनीहरु नियमित विद्यार्थी हुन् ।

विश्वब्यापी रुपमा फैलीएको कोरोनाको महामारीका कारण शब्दमालाले नियमित कक्षा भौतिक रुपमा संचालन गर्न नमिले पनि अनलाइनबाट नेपाली पढाउन छोडेको छैन ।

मेयोन र मायरा दाजु बहिनी हरेक आइतवार ९ बजेपछि कम्प्युटर अगाडी बस्छन् अनि शिक्षक शिक्षिकाको निर्देशन अनुसार क, ख, अ, आ सिक्छन् ।

शब्दमाला नेपाली भाषा पाठशाला ब्यवस्थापन समितिकी अध्यक्ष अचला तिमल्सिना अनलाइन भाषा कक्षामा पनि विद्यार्थीहरु नियमित रुपमा सहभागि भएकोमा उत्साहित छिन् । “विद्यालयको भौतिक कक्षा कोठामा पढाएको जस्तो त अनलाइनमा पक्कै हुँदैन तर पनि हामीले बालबालिकालाई पढ्दा पनि खेलेको जस्तै हुने क्रियापदाहरु यो टर्ममा पढाएका छौ ।” तिमल्सिनले भनिन् , “टर्म शुरु हुनु अघिनै हामीले सबै अभिभावकको घरमा अभ्यास पुस्तिका पुर्याएका थियौ ।”

Nepali language class delivered via online Photo: Nepalese Australian

अभिभावक कुमार जंगशाह अहिलेको बिषम परिस्थितिमा शब्दमालाले अनलाइनबाटै भए पनि पठनपाठनलाई निरन्तरता दिएकोमा खुशी छन् । भौतीक कक्षा जस्तो प्रभावकारी नभएपनि अनलाइन कक्षाले बालबालिकाको पढ्ने बनीलाई निरन्तरता दिएको शाहको भनाइ रहेको छ ।

६ वटा शाखामा दुइसय विद्यार्थी

सिड्नीमा संचालित “शब्दमाला नेपाली भाषा विद्यालय” प्रवास मै नेपालीको नमुना विद्यालय बन्दै छ । सिड्नीको ग्रेनभिल, काल्टन, मक्वारी फिल्ड, द पोन्ड्स, क्याम्सि र नरम्यनहस्टमा गरेर ६ स्थानमा संचालित यो विद्यालयमा अहिले करिव दुइ सय जना बालवालिकाले अध्ययन गरिरहेका छन् । यि बालवालिकाललाई पढाउन करिव २७ जना शिक्षक शिक्षिका रहेका छन् ।

विधिवत रुपमा फेयर ट्रेडिङमा दर्ता भएको यो विद्यालयको निर्वाचित ब्यवस्थापन समिति रहेको छ । ब्यवस्थापन समितिका अध्यक्ष अचला तिमल्सिनाका अनुसार शब्दमाला विद्यालय डिपार्टमेन्ट अफ एजुकेसन एण्ड ट्रेनिङ र एन एस डब्लु फेडेरेसन आफ कम्युनिटि लेङ्ग्वेज दर्ता भएको छ ।

Nepali language class delivered via online Photo: Sabdamala Nepalese Language School

गुठी अष्ट्रेलिया र गोर्खा नेप्लीज कम्युनिटिको सहकार्यमा शब्दमालाको सिड्नीमा जन्मभएको हो । अहिले एक स्वायत संस्थाको रुपमा शब्दमालाले अफ्नो पहिचान बनाएको छ । अध्यक्ष तिमल्सिनाका भन्छिन, “लेख्न, पढ्न र नेपाली बोल्न सिकाउनु विद्यालयको मुख्य उद्देश्य हो ।”

शब्दमालाले अस्ट्रेलियन स्टेन्डरको पाठ्यक्रम बनाएर सबै शाखाहरुमा एकै पाठ्क्रम लागु गरेको छ । अभिभावकर र शिक्षा विभागको सामुदायिक भाषा हेर्ने निकायसँग सहकार्य गरेर समय समयमा यसको परिमार्जन पनि हुने गरेको छ ।

अनलाइन मार्फत नेपाली राष्ट्रिय गान गाउदै विद्यार्थीहरु

नेपालीहरुको बाक्लो बसोवास रहेका अस्ट्रेलियनका बिभिन्न राज्यहरुका सवअर्वहरुमा नेपाली भाषाका कक्षाहरु संचालन हुनेक्रम बढ्दै गएको छ ।

स्थानिय पुस्तकालय, प्राईमरी स्कुल, बहुसास्कृतिक हलहरुमा प्रत्येक हप्ता शनिवार र आईतवार नेपाली बालबालिका भेला हुन्छन् । कापी, कलम, किताबको झोला बोकेर विद्यालय आएका यी बालबालिका नेपाली क, ख, अ, आ सिक्छन् ।

नेपाली अभिभावहरुले आफै स्वयम सेवी बनेर आफ्ना बालबालिकालाई नेपाली भाषा सिकाउन यस्ता विद्यालयहरु संचालन गरिहेका छन् ।

यो पनि पढ्नुहोस ।

https://nepaleseaustralian.com.au/archives/2981