MENU

अस्ट्रेलियाबाट सस्ताे भाडामा चार्टर्ड उडानकाे पहल शुरू 

सिड्नी । क्यानबेरा  स्थित  नेपाली दूताबासले सस्ताे हवाइ भाडामा  अस्ट्रेलियामा अड्किएका  नेपालीलाइ घर फर्काउने पहल शुरू गरेकाे छ ।

दुताबासकाे समन्वयनमा  नेपाल फर्कन चाहने बाँकी नेपालीहरुलाई सस्तो भाडादरमा सहज तरिकाले नेपाल फर्काउनका लागि अध्ययन गरी उपयुक्त प्रस्ताव पेस गर्नका गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलको अध्यक्षतामा समिति गठन भएकाे छ ।

उक्त समितिममा अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेण्टल एसाेसिएसन, नेपाली समूदायकाे महासंघ फेन्का र अस्ट्रेलियन नेप्लिज जर्नालिष्ट एसाेसिएसनका प्रतिनिधि रहेका छन । उक्त समितिमा नेपाली अवैतनिक महावाणिज्यदूतहरु सल्लाहकार र राजदुतावासका तृतीय सचिव  यादव प्रसाद कोइराला सम्पर्क व्यक्ति ताेकिएकाे छ ।

समितिले विभिन्न एअरलाइन्स, ट्राभल एजेन्सीहरुसँग समन्वय गरी सस्तो भाडादरमा सहज र सजिलो तरिकाले नेपालीहरुलाई स्वदेश फर्काउने कार्यमा सहजीकरण बताइएकाे छ ।

यस अघि ४ सय ७० नेपाली अस्ट्रेलियबाट नेपाल फर्किसकेका छन । नेपाल एरलाइन्सकाे चार्टर्ड जहाजमा यात्रुहरूले २३ सय १० डलर भाडा तिरेका थिए ।