MENU

कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ६१ पुग्यो

एन आर एन लोगो

सिड्नी, अस्ट्रेलिया ।

कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ६१ पुगेको ।

यो साता यूकेमा १ जनाको निधन भएसंगै कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ६१ पुगेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमित मध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन् ।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ ।

यस्तै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको समितिले जनाएको छ ।

विदेशमा अलपत्र झण्डै ३५ हजारको उद्धार

त्यस्तै एनआरएनएले, विश्वका विभिन्न गन्तब्यबाट नेपालमा लकडाउन भएयता झण्डै ३५ हजार नेपालीको उद्धार भएको जनाएको छ ।

समितिले पछिल्लो समय उपलब्ध गराएको तत्थ्याङकमा विश्वभरबाट ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार भएको उल्लेख छ ।

अझै ९४ शव विदेशमै

विदेशबाट अझै ९४ वटा नेपाल फर्काउन बाँकी रहेको छ।

एनआरएनको स्वास्थ्य समितिले मलेसिया, साउदी अरब, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो सातासम्म २ सय १६ वटा शव नेपाल झिकाई परिवारलाई बुझाइएको बताएको छ।

त्यस्तै विदेशमा विभिन्न कारणले ज्यान गुमाएका ४ सय ७४ जनामध्ये १ सय ६५ जनाको परिवारको सहमतिमा सम्बन्धित मुलुकमै अन्त्येष्टि गरिएको बताइएको छ ।