MENU

टोक्यो ओलम्पिकको नयाँ मिति घोषणा

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) महामारीका कारण स्थगित गरिएको टोक्यो ओलम्पिकको नयाँ मिति घोषणा गरिएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) का अनुसार, टोक्यो ओलम्पिक सन् २०२१ मा २३ जुलाईदेखि ८ अगस्टसम्म आयोजना हुनेछ।

REUTERS/Issei Kato/File Photo

यसअघि यसै वर्षको २४ जुलाईदेखि हुने तय गरिएको ओलम्पिक कोरोनाभाइरसको कारण पैदा भएको विश्वव्यापी संकटका कारण स्थगित गरिएको थियो।

जापानका प्रधानमन्त्री सिन्जो आबेले आईओसीका अध्यक्ष थोमस बाकसँग छलफल गरेपछि स्थगित गर्ने निर्णय गरिएको थियो।

उक्त निर्णय गरिनु अघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प लगायत केही नेताहरुले ओलम्पिक स्थगित गर्न आग्रह गर्दै आएका थिए । तर, जापानी प्रधानमन्त्री आबेले तयारी पूरा भइसकेकाले स्थगित गर्न मानिरहेका थिएनन्।

यस्तै, पारा ओलम्पिक २०२१ को २४ अगस्टदेखि ५ सेप्टेम्बरसम्म आयोजना गर्ने तय गरिएको छ।