MENU

नेपालमा कारोना संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं, नेपाल ।

नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमीत पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ९० महिला र ४४८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

वितेको २४ घण्टामा ७६ जना निको भएर घर फर्किएसंगै २२२४ ले कोरोनासंगको लडाई जितेको स्थास्थ्य मन्त्रालयले जनाएको छ ।