MENU

नेपालमा एकैदिन १ सय ७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१२

थप १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ ।

योसंख्या अहिलेसम्मकै बढी हो। यसअघि मंगलबार ९० जना, बुधबार ११४ जना र बिहीबार १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

उनीहरु मध्य १६५ जना पुरुष र ५ जना महिला छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, सर्लाहीका ५, म्याग्दीका १, बाँकेका १०, कपिलवस्तुका ५१, नवलपरासीका २, रौतहटका ५६, रुपन्देहीका १ र दाङमा २ जना गरी शुक्रबार कुल १७० जना संक्रमित थपिएका हुन्।

तीमध्य २०६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना भाइरस संक्रमित जिल्लाको संख्या पनि ५२ पुगेको छ।

क्वारेन्टिनमा बस्नेको संख्या १ लाख नजिक

शुक्रबारसम्म  क्वारेन्टिनमा बस्नेहरुको संख्या एक लाख नजिक छ।

देशभरीका विभिन्न क्वारेन्टिनमा ९९ हजार ३ सय ३६ जना क्वारेन्टिनमा रहेका छन्।

अहिले विभिन्न अस्पतालमा १ हजार जना कोरोना संक्रमित आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

क्वारेन्टिनमा रहनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ।