MENU

नेपाल एयरलाइन्सको चार्टर्ड विमान सिड्नीमा, २५९ नेपाली स्वदेश फर्किदै

Nepalese Australian

सिड्नी, अष्ट्रेलिया ।

अष्ट्रेलियाको सिड्नीबाट आज २५९ जना नेपाली जन्मथलो फर्किदैछन् ।

सिड्नीस्थित किङ्ग्स फोर्ड अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको आर ए ४१३३ उडानबाट नेपाल फर्किनेको बोर्डिङ पास सम्पन्न भएको छ ।

सो विमानमा न्युजिल्याण्डका ११ र अष्ट्रेलियाबाट २ सय ४८ नेपाली यात्रु सवार छन् ।

यात्रुहरुलाई विदाई गर्न अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश राज दाहालपनि विमानस्थल पुग्नु भएको छ ।

हेर्नुहोस फोटो फिचर