MENU

भिक्टोरियामा कोरोनाको दोस्रो वेभ; नेपालीहरुको बाक्लो बस्ति भएको क्षेत्र ‘हटस्पट’

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसको दोस्रो वेभ शूरु भएसंगै राज्यका ३६ वटा स्थानीय तहलाई लकडाउन गरिएको छ ।

कोभिड १९ संक्रमितको हटस्पट भनिएका ती स्थानीय तहमा नेपालीहरुको बाक्लो बस्ति रहेको छ ।

भिक्टोरियाका स्वास्थ्य मन्त्री जेनी मिकाकोसले संक्रमणको हटस्पट रहेको क्षेत्रमा परिक्षणको दायरा बढाइएको जानकारी गराएका छन् । मंगलबार मात्र हटस्पट क्षेत्रमा २० हजार जनाको कोभिड परीक्षण गरिएको थियो । परीक्षणको लागि घरदैलो कार्यकृम पनि संचलन गरिएको छ ।

“कोरोनाको असर अन्त्य भएको छैन र यो लामो समय सम्म रहिरहन्छ तर खुसीको कुरा के हो भने संक्रमितको संख्यामा स्थिरता कायम रहेको छ, ” राज्य प्रमुख डेनियल एन्ड्रयूले भने ।

उनले होटेलमा बनाइएको क्वारेन्टिनमा नियमको उल्लंघन भएको दावी समेत गर्दै दुई हप्ताका लागि भिक्टोरिया आउने अन्तर्राष्ट्रिय उडानलाई स्थगित गरिएको बताए ।

सरकारले लकडाउन गरेका क्षेत्रहरू ब्रुकलिन, किरिभिल, सभिल, मैडस्टोन, टट्टनह्याम, वेस्ट फुटस्क्रे, अल्बानवाले, केलबा, किंग्स पार्क, सेन्ट अल्बान्स, एस्कट भेल, हाईपोइन्ट शहर, मारिबिरनोंग, त्रावणकोर, केइलर डाउन्स, केइलर लज, टेलर लेक्स, वाटरगार्डन, एयरपोर्ट वेस्ट, केइलर पार्क, निड्री , ग्लेनरोय, हैडफिल्ड, ओक पार्क ब्रॉडमेडोज, डलास, जाकाना, ब्रन्सविक दक्षिण, ब्रन्सविक पश्चिम, मूनी भेल, मोरेल्याण्ड वेस्ट, फोकनर, क्राइगीबर्न, डोन्नीब्रुक, मिकेलहैम, रोक्सबर्ग पार्क, कालकललो क्षेत्र हटस्पट हुन ।

यी सबअर्वमा बसाेवास गर्ने करिव तिनलाख मानिस अहिले लकडाउनमा रहेकाे अस्ट्रेलियन संचारमाध्यमहरूले जनाएका छन् ।

हटस्पट क्षेत्रबाट एन एस डब्लु फर्किए जरीवाना र जेल

यसैबीच भिक्टोरियासँग जाेडीयका राज्यहरूले सिमा बन्द गरेका छन् ।

मेलवर्नको कोरोना संक्रमण फैलिएका क्षेत्रबाट विहिबार पछि न्यू साउथ वेल्स प्रवेश गर्न खोज्ने व्यक्तिलाई ६ महिनाको जेल सजाय वा ११ हजार डलर जरीवाना गरिने भएको छ ।

साथै मेलवर्नबाट फर्किने न्यू साउथ वेल्सका व्यक्तिले अनिवार्य रुपमा १४ दिन घरमै आइसोलेसनमा बस्नु पर्ने जनाइएको छ ।